३ माघ, काठमाडौं । राष्ट्रसंघीय नियोग अनमिनको बहिर्गमनसँगै भारतले नेपाललाई घातक हातहतियार उपलब्ध गराउने तयारी गरेको छ । लोकतन्त्रको रक्षा र नियमित तालिमको लागि भन्दै भारतले नेपाली सेनाका लागि घातक हातहतियार उपलब्ध गराउन लागेको हो ।
गत महिना नेपालले गरेको औपचारिक आग्रहअनुसार भारतले अत्यावश्यक हतियार र बन्दोबस्तीका सामान उपलब्ध गराउने तयारी गरेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ ।
यसअघि भारतले उपलब्ध गराएको बख्तरबन्द गाडी, गोली गठ्ठा र पुरानो ईन्सास राइफलको सट्टा त्योभन्दा आधुनिक हतियार र बन्दोबस्तीको सामग्री नेपाललाई उपलब्ध गराउन लागेको पत्रिकाको आजको अंकमा उल्लेख छ ।
भारतीय स्थल सेनाध्यक्ष विजयकुमार सिंहले गत महिना गरेको नेपाल भ्रमणको क्रममा सरकारले अबरुद्ध सैन्य सहयोग सुचारु गर्न माग गरेको थियो ।
यसअघि भारतले नेपाली सेनाको नियमित तालिम र अभ्यासका लागि उपलब्ध गराउँदै आएको सैन्य सहयोग तत्कालीन शाही शासनपछि रोकिएको थियो ।
source:-onlinekhabar


0 commentaires