सन्तोष रिमाल, काठमाडौं, माघ ५- अभिनेत्री शान्ति मास्केको गए राति १० बजे निधन भएको छ। मुटुको रोगबाट पीडित मास्केको ८३ वर्षको उमेरमा निधन भएको हो।
स्वर्गीय मास्के
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।
प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भीम रावल, सञ्चारमन्त्री शंकर पोखरेल तथा संस्कृतिमन्त्री मिनेन्द्र रिजाल श्रद्धाञ्जलि दिन प्रज्ञा भवन पुगेका छन्।
श्रद्धाञ्जलि दिन पुगेका प्रधानमन्त्रीले मास्केको निधनले नेपाली कला क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताए। 'मास्केको कलाकारिताबाट अरुले पनि सिक्न जरुरी छ', प्रधानमन्त्री नेपालले भने।
मास्केलाई अन्तिम श्रद्धाञ्जलि दिन बसन्धुरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह सहितका कलाकार प्रज्ञा भवन पुगेका थिए।
source:-nagriknews



0 commentaires