भूस्वर्ग अर्थात् खप्तड

बादल र सिमसिमे पानीले छिनछिनमा रूप फेररिहन्छन्। हरयिा डाँडाकाँडा र आकर्षक घाँसे मैदान देख्दा आगन्तुकलाई कार्पेट बिछ्याएजस्तो लाग्छ। कात्तिकदेखि फागुनसम्म सेताम्य हिउँले छोपिदिन्छ। यस्तै सुन्दरतामा सजिएको छ, खप्तड। रंगीबिरंगी फूलहरूले यहाँको शोभा बढाएका छन्। घाँसे मैदानका बीचबाट बग्ने नीला खोलाहरूले छुट्टै रौनक थपेका छन्। फागुन, चैतमा लालीगुराँस फुलेर राताम्य बनिदिन्छ। प्रकृतिको अनुपम उपहार लाग्छ, खप्तड।


सुदूरपश्चिमको सबभन्दा लोकपि्रय गन्तव्य खप्तड घुम्न जेठ/असारदेखि मंसिरसम्म उपयुक्त मानिन्छ। यहाँ २४ वटा मैदान र ५३ वटा मम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। सुमुद्री सतहदेखि ३ हजार ७ सयको उचाइमा छ। वर्षमा चार महिना हिउँले सेताम्य बन्ने खप्तडको हावापानी विशिष्ट खालको छ। सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाले घेरएिको खप्तड क्षेत्र धार्मिक र पर्यटकीय दुवै क्षेत्र हो। करबि ५३ वर्षअगाडि भारतबाट खप्तड बाबा यहाँ आएर बसेपछि यस क्षेत्रले अझै प्रसिद्धि कमाएको हो। त्रिवेणीघाट, बाबाकुटी, सहस्रलिंगलाई धार्मिक महत्त्वका साथ लिइन्छ। हरयिाली मैदानका बीचमा बग्ने खोल्साखोल्सी, रंगीबिरंगी फूलहरू, डाँफे, मुनाललगायतका पंक्षीहरूले मनै लोभ्याउँछन्। २५ मैदान र ५३ वटा थुम्का निकै आकर्षक देखिन्छन्। किंवदन्ती अनुसार भारतवर्षमा पाँच पाण्डवहरूले हलो जोत्दा फालिएको माटोबाट यी थुम्का बनेका हुन्। 



खप्तड जाने बाटाहरू धेरै भए पनि डोटीको सिलगढीबाट जाने बाटो बढी प्रचलित र सजिलो छ। काठमाडौँबाट बसमा धनगढी पुग्न १ हजार रुपियाँ भाडा लाग्छ भने धनगढीबाट सिलगढीको पाँच सय रुपियाँ पर्छ। सिलगढीबाट भने पैदल यात्रा गर्नुपर्ने हुन्छ। सात हजार रुपियाँ बजेट छुट्याएर खप्तड घुम्न करबि एक साताको समय पर्याप्त हुन्छ।



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login