काठमाडौ, पुस १२ - इन्टरनेटबाट साइबर अपराध बढेपछि प्रहरीले राजधानीका साइबर क्याफे सञ्चालकलाई कानुनको दायरामा ल्याउने अभियान सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले गत मसिंर २६ गते देखी राजधानीका ३ सय साइबर क्याफेको निरिक्षण गरेर त्यहाँ आउने ग्राहकका बारेमा जानकारी राख्ने फारम भराएको थियो । ति मध्ये १ सय ७० क्याफेले प्रहरीको फारम भरेको महाशाखा प्रमुख एसएसपी रणबहादुर चन्दले बताए ।
'क्याफेमा बसेर इमेल पठाउने गरेको भेटिएपछि क्याफेको कम्प्युटर प्रयोग गर्ने ब्यक्तिको परिचय राखेर मात्र प्रयोग गर्न दिने कागज गराएका छौं' उनले भने 'अन्यले सञ्चालक नभएको बताए ।' उनले राजधानीका सबै क्याफेहरुका बारेमा प्रहरीले तथ्याङक राख्ने जानकारी दिए । 'प्रहरीमा आउने ग्राहकको तथ्याङक राख्छु भनेर कागज गरेपछि त्यो साइबरबाट अपराध भएर अपराधि पत्ता लागेन भने त्यसको जिम्मा क्याफेले लिनु पर्छ ।'प्रहरीले ग्राहकको बिबरण नराख्ने माथी विद्युतीय कारोबार ऐन २०६३ अन्तरगत रहेर कारबाही गर्नेछ ।
source:-ekantipur


0 commentaires