केटी पट्याउन गाह्रो हुन्छ

उनको वास्तविक नामले उनलाई कमैले चिन्छन् । हास्य टेलिसिरियल ‘मेरी बास्सै’का धुर्मुस अर्थात् सीताराम कट्टेलको परिचय यतिबेला पर्दाको चरित्रका कारण फेरिएको छ । टेलिसिरियलमा लामो कट्टुमा देखिने धुर्मुसलाई जिन्स पाइन्ट र टिसर्टमा देख्ने जो कोही पनि झुक्किन सक्छन् । सिरियलमा गाउँले ठिटो देखिए पनि वास्तवमा उनी हिरो नै छन् । तीतो सत्य, जिरे खुर्सानीलगायतका हास्य टेलिसिरियलमा अभिनय गरिसकेका उनी मेरी बास्सैका निर्देशक पनि हुन् । २५९ शृङ्खला पार गरिसकेको यस सिरियलमा उनलाई निर्देशन र अभिनयमा साथ दिइरहेका छन् माग्ने बूढा अर्थात् केदार घिमिरेले । यही सिरियलबाट जीवनसङ्गिनीको रूपमा उनले सुन्तली अर्थात् कुञ्जना घिमिरेलाई पाएका छन् ।
धुर्मुसको चरित्रले मानिसलाई बिगार्न प्रेरित गर्दैन ?
बिगार्दैन बरु सपार्छ । सोझो गाउँले केटाका कमी कमजोरीलाई देखेर अरू सपि्रन सक्छन् बरु ।
पर्दामा जस्तै परिवारलाई कत्तिको दुःख दिनुभएको छ ?
छैन । रिलमा जस्तै रियल लाइफमा व्यवहार गरे त कुरो बिग्री हाल्यो नि । वास्तविक जीवनमा म घरपरिवारको व्यावहारिक छोरो हुँ । परिवारका लागि घर निर्माण गर्दैछु ।
तपाइ मुख बङ्ग्याएर मात्र हसाउनुहुन्छ नि ?
मुख बङ्ग्याएर पनि हसाउनै पर्‍यो । यो त केवल पात्र अनुसारको नक्कल हो । यीबाहेक म फरक फरक भूमिकामा पनि देखिएको छु । क्यारिकेचर पनि गर्छु । सबै किसिमले हसाउने प्रयास गर्छु ।
प्रायः हास्य कलाकार जोडी टुटाउन अघि छन् ?
केदारजी र म निकै सङ्घर्ष गरेर आएका हौँ । हामीले धेरै सिनियर दाइहरूको जोडी टुटेको देख्यौँ । सबै केही न केही स्वार्थले जोडिने हो । हाम्रो केही स्वार्थ छैन । त्यसैले हाम्रो जोडी दिगो हुन्छ । जोडी टुट्नलाई पेसा नै परिवर्तन गर्नुपर्छ ।
किन प्रायः लामो कट्टुमा मात्र देखिनुहुन्छ ?
धेरैले पहिरन चेन्ज गर्नु भन्नुभएको छ । बाहिर पनि मलाई धेरैले जिन्समा हिँड्दा चिन्नु हुँदैन । समय आउला नि अन्य पहिरन लगाउने पनि ।
चलचित्रमा अवसर नपाउनु भा’को हो ?
प्रस्ताव त धेरै आए तर सुहाउँदो भूमिका नपाएकाले अस्वीकार गरेको हो । केवल हिरोको पछाडि मात्र घुम्ने प्रस्ताव स्विकार्ने कुरा पनि भएन । बरु आफैले कथा तयार गरिँदैछ । सबै कुरा मिले चलचित्र निर्माण नै गरिन्छ होला ।
सुन्तलीबाट कति पटक रिजेक्टेड हुनुभयो ?
आम्मै, केटी पट्याउने काम कम गाह्रो हुन्छ । एक पटकमा त कसले पो एसेप्ट गर्छ र ? म फेरि केटीसँग नबोल्ने मान्छे । बोल्दा पनि अकमकाउँथे । बिहे भन्ने कुरा लेखान्त भन्थे, त्यस्तै भयो । कुञ्जनालाई कहिले आई लभ यू नभने पनि उनले पछि मलाई स्विकारिन् ।
सुन्तलीबाहेक कति जनालाई आँखा लगाइयो ?
म अलि लजालु स्वभावको मान्छे, कहाँ आँखा लगाउनु नि !
कलाकारलाई त्यति पारिश्रमिक दिनुहुन्न रे नि ?
यो सरासर गलत कुरा हो । हामी दुःख गरेर यस क्षेत्रमा आएकाले सबैको पिरमर्का बुझेका छौँ । सबैलाई सन्तुष्ट पार्ने गरी पारिश्रमिक दिएका छौँ ।
प्रस्तुतिः करुण अर्याल
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login