तिमी आउँदैछ्यौ भनेर
तिम्रो स्वागतमा मैले जोरघडा
ठिक्क पारेर राखेको छु
तिम्रो स्पर्श गर्न
यति आतुर छु कि म,
मैले आफ्नो दैनिकीलाई पनि पर सारेको छु
र, तिम्रो साथमा बिताउने रातको
सामाग्रीको जोरजाम गर्न थालेको छु
अनि, एउटा इच्छा पालेको छु
हरेक कदम तिमीसँग
सफलताकासाथ चल्न सँकु
हो, म लालायित छु
तिम्रो साथमा पुरै एकसाल बिताउन
अनि,
संकल्प, रहरहरु र जिन्दगीलाइ जिताउन
शिव अधिकारी काठमाडौ
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires