मलंगवामा ५ दिनदेखि यातायात ठप्प


 अमन कोइराल सर्लाही, पुस १३ - मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष अशोक यादब पक्राउ परेपछि मलंगवा नवलपुर सड्क खण्डमा पाँच दिनदेखि सार्बजनिक सवारी चलेको छैन् । लगातार यातायात अबरुद्ध हुंदा सर्बसाधारण मर्कामा परेका छन् ।
जिल्ला कृषि बिकास कार्यालयका प्रमुख नथुनी साहमाथि हातपात गरेको आरोपमा यादबलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको थियो । उनीसंगै सर्लाही बस ब्यबसायी संघका अध्यक्ष विनोद यादबपनि पक्राउ परेका छन् ।
पक्राउको भोलीपल्ट बिहानदेखि भएको यातायात बन्द अझै खुलेको छैन् । मंगलबार बिहान चलेका दुई यात्रुबाहक बसलाई बाटोमा केही ब्यक्तिले ढुंगा हानेर सिसा फुटाइदिए । सिसा फुटाएको घट्नापछि अन्य सवारी डरले चल्न सकेका छैनन् । प्रहरी उपरीक्ष्ाक पूर्णचन्द्र जोशीले दुईचार जनाले बाटो ढुकेर ढुंगा हानेको बताए । 'ढुगा हान्ने पहिचान भएका छन,' जोशीले भने, 'ढुंगा हान्नेका अभिभाबकले क्ष्ातिपूर्ति दिने सहमति जनाइसके ।' उनले बाटोमा कुनै अबरोध नहुनेमा आश्वस्त हुन आग्रह गरे ।
लगातार बन्द जारी रहेपछि बस चल्ने ठाउँमा टाँगा रिक्साले चल्न थालेका छन् । मलंगवादेखि नवलपुर सम्मको २५ किमि बाटोमा उनीहरुले प्रति ब्यक्ति २ सय भाडा लिने गर्छन् । बसमा जम्मा ४० रुपैयाँ भाडा लाग्ने ठाउँमा बन्दका कारण सर्बसाधारणले ५ गुना महंगो तिर्नुपरेको छ ।
छोटो रुटमा टेम्पोलेपनि यात्रु ओसार्ने गरेको छ । बस चल्दा मलंगवा नवलपुर सड्कमा नदेखिने टेम्पो, टाँगा र रिक्सामा यात्रु खचाखच भरिएका हुन्छन् । मलंगवा बसपार्कमा बस नदेखिएपनि लाइनले टाँगा लागेको देखिन्छ ।
सरकारी कामका लागि सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राही बढी भाडा तिरेर टाँगा रिक्सामा, साइकल र पैदल हिंडेर समेत पुग्न बाध्य छन् ।
लगातार बन्द भएपछि मलंगवा नवलपुर सड्कमा टाँगा चलाउन थालेका सफिक अहमदले प्रति ब्यक्ति २ सय भाडामा यात्रु ओसार्ने गरेको बताए । यात्रुको समस्या नभएकाले दैनिक २ हजार सम्म कमाई हुने गरेको अहमदले जानकारी दिए ।
यादबद्धयलाई सार्बजनिक अपराध मुद्दामा १५ दिन म्याद थमाएर अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ । फोरम कार्यकर्ताले उनीहरुको तत्काल रिहाईको माग गर्दै मलंगवामा जुलुस प्रदर्शन र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रम गर्दै आएका छन् । मुद्दा दर्ता भएकाले तत्काल मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न फोरम कार्यकर्ताले दवाब दिएको प्रहरी अधिकारीले बताएका छन् ।
उता कर्मचारीहरुले भने सहकर्मीमाथी हातपात गर्नेलाई कडा कारबाही नगरे अनिश्चितकालिन सरकारी कार्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login