ब्रायन एडम्स कन्सर्टको टिकट मूल्य कति? (मनोरन्जन)

काठमाडौं, पुस १५  क्यानाडेली गायक ब्रायन एडम्सले काठमाडौंको रंगशालामा आफ्नो एकल कन्सर्ट गर्ने भएका छन्। काठमाडौंको कन्सर्ट फागुन ७ गते शनिबार पारिएको छ। त्यस दिन दिउँसो २ बजे कन्सर्टको मुख्य ढोका खोलिने छ। त्यसपछि साँझ ६ देखि ७ बजेसम्म नेपाली सांगीतिक समूहले गीत गाउनेछ।

 ब्रायन र उनको ब्यान्डको प्रस्तुति भने साँझ ७ देखि ९ बजेसम्म चल्नेछ। कन्सर्टको लागि ५० जनाको हाराहारीमा ब्रायनको सांगीतिक टोली शुक्रबार काठमाडौं आउनेछन्। ब्रायन भने शनिबारमात्र काठमाडौं ओर्लिने छन्।

कन्सर्टको लागि जेपिआरले रंगशालामा अन्तर्राष्ट्रिय स्तरको भव्य स्टेज निर्माण गर्नेछ। भीडलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीसँग आयोजकले छलफल गरिरहेको छ।
'शनिबारको दिन भएकोले कन्सर्ट हेर्न आउने दर्शकको भीड बाक्लै हुन्छ। फलस्वरूप सम्भावित दुर्घटना हुन नदिन सुरक्षामा ध्यान दिएका छौँ,' आयोजकले बताए। दशरथ रंगशालाले करिब १८ हजारको दर्शक धान्न सक्ने भए पनि आयोजकले त्योभन्दा बढी दर्शकको अपेक्षा गरेको छ।

'भएसम्म हामी बढीभन्दा बढी दर्शक अटाउने प्रयास गर्छौं। क्षमताभन्दा बढी पनि हुन सक्छ,' आयोजकले भने। उनका अनुसार टिकटको दर दुई हजारदेखि ३५ सय रुपैयाँ तोकिएको छ। तर टिकटको मूल्य बढ्ने सम्भावना रहेको आयोजक बताउँछ।

सन् २०११ को सिजन अन्तर्गत् अन्तर्राष्ट्रिय कन्सर्टको क्रममा ब्रायनले आउँदो माघ २८ देखि फागुन ४ सम्म भारतका विभिन्न पाँच सहर आफ्नो एकल कन्सर्ट गर्दैछन्।


भारतको भ्रमण सिध्याएपछि फागुन ७ मा उनको कन्सर्ट हुने जनाइएको छ। ओडिसी नेटवर्क नामक नेपाली समूहले ब्रायनलाई काठमाडौंमा ल्याउन लागेको हो।

सन् १९८० को दशकमा 'ब्रायन एडम्स' नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनले सन् २००८ मा 'एलाभेन' रिलिज गरेपछि कन्सर्टतर्फ ध्यान दिएका हुन्। कन्सर्टमै गाएर लाइभ एल्बम निकाल्ने चलन उनले सुरू गरेका हुन्।


सन् १९९० को दशकमा उनले अन्तर्राष्ट्रिय कलाकारहरूसँग संयुक्त रूपमा एल्बममा काम गरेका थिए। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। यसै अन्तरालमा करिब २० को हाराहारीमा उनका एल्बमहरू सार्वजनिक भइसकेको छ। उनी एक रक गायकमात्र नभएर म्युजिसियन, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। उनको 'रेकलेस' नामक चौथो एल्बम सर्वाधिक बिक्री भएको एल्बम हो।

'समर अफ सिक्स्टी नाइन', 'एभ्रीथिङ्स आइ डु' र 'प्लिज फर्गिभ मी'जस्ता उनका गीत श्रोतामाझ चर्चित छन्।


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login