एमआरपी लिन नियम हेरफेर

काठमाडौं, पुस १५  एमआरपी वितरण थालेको साता नबित्दै परराष्ट्र मन्त्रालयले राहदानी वितरणलाई विश्वासिलो र सहज बनाउन नियम हेरफेर गरेको छ।
दोब्बर राजस्व तिरेर द्रुत सेवा लिन खोज्ने सोचेभन्दा बढी ओइरिएपछि परराष्ट्रले यस्तो सेवा लिनुको कारण खुल्ने पत्र निवेदनसाथ अनिवार्य गरेको छ।  

 नक्कली नागरिकताबाट राहदानी नलिऊन् भनेर नागरिकता लिएकै जिल्लाबाट प्रमाणीकरण गर्नुपर्ने नियम पनि कार्यान्वयनमा ल्याइएको छ। 

परराष्ट्रका अनुसार सर्वसाधारणले आफ्नो नागरिकता जारी भएकै जिल्लाबाट प्रमाणित गराउनुपर्छ जसका लागि निवेदकले राहदानी फारामको पछाडि भागमा सम्बन्धित जिल्लाबाट आफ्नो नागरिकता जारी भएको हो भनी जिल्ला प्रशासन कार्यालय (जिप्रका) का अधिकृतको हस्ताक्षर सिफारिस गराउनुपर्नेछ।
यतिमात्र होइन, जिप्रकाले हप्ताभरि प्रमाणित गरेका नागरिकताको विवरण परराष्ट्रलाई पठाउनुपर्ने व्यवस्थासमेत नयाँ राहदानी नियमावलीमा गरिएको छ। प्रमाणित गरिएका नागरिकता र जिप्रकाले पठाएको विवरण जाँच गरेर मात्र परराष्ट्रले एमआरपी प्रदान गर्नेछ।

परराष्ट्र विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका बसाइँ सरेका नागरिकलाई राहदानी जारी गर्ने जिम्मा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई दिएको छ। केन्द्रीय राहदानी कार्यालयले राहदानी वितरण प्रक्रिया सहज बनाउन आइतबारबाट लागू हुने गरी तीन जिल्ला प्रशासनलाई जिम्मेवारी सुम्पेको हो। 

'विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका बसाइँ सरेका नागरिकले आइतबारबाट काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि निवेदन दिन पाउनेछन्,' केन्द्रीय राहदानी कार्यालयका उपसचिव डोरनाथ अर्यालले नागरिकसँग भने, 'तीनमध्ये जुन जिल्लामा बसाइँ सरेका छन्, त्यसैमा मात्र निवेदन लिने व्यवस्था गरिनेछ।'

पुस ११ बाट एमआरपी वितरण प्रारम्भ गरेको परराष्ट्रले आइतबारबाट उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई राहदानीका लागि आवश्यक निवेदन बुझ्ने निर्णय जारी गर्ने अधिकार दिइएको यसअघि नै घोषणा गरेको थियो। तर यो अधिकार तीन जिल्लाबाट नागरिकता लिएकाले मात्र उपयोग गर्नसक्ने र अन्य जिल्लाबाट नागरिकता लिई काठमाडौं उपत्यकामा बसाइँ सरेकाले परराष्ट्रबाट मात्र लिन पाउने व्यवस्था थियो।

'राहदानी वितरण प्रक्रियालाई थप सहज बनाउन उपत्यकाका तीन जिल्लामा बसाइँ सरेकालाई पनि सम्बन्धित जिल्लाबाट राहदानी जारी गर्न लागिएको हो,' अर्यालले भने।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login