चक्रवीर बने गितार मेस्ट्रो (मनोरन्जन)


काठमाडौ, पुस १३ - काठमाडौंका चक्रवीर लामा 'गितार मेस्ट्रो- २०१०' घोषित भएका छन् । दसैंअगाडि काठमाडौंमा भएको अडिसनबाट चुनिएका उनले प्रतियोगिता जितेर एक लाख रुपैयाँसँगै बेलायतमा बनेको विशेष गितार हात पारेका छन् । सोमबार राजधानीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट घोषित चक्रवीरलाई संस्कृति मन्त्री मिनेन्द्र रिजालले पुरस्कार दिए ।
काठमाडौंकै इन्द्रबहादुर लामा र सक्रिय महरा क्रमशः दोस्रो र तेस्रो भए । होम टीभीका तर्फबाट इन्द्रबहादुरले ७५ हजार रुपैयाँ र सक्रियले ५० हजार रुपैयाँ प्राप्त गरे । उनीहरूले गितार किन्न मेस्ट्रोबाट थप क्रमशः ३० हजार र २५ हजार रुपैयाँ पनि पाए । प्रतियोगितामा उत्कृष्ट तीन बनेका यी युवाले देशभरका उत्कृष्ट दसलाई उछिनेका हुन् ।
प्रतियोगिताका टप टेन गितारवादकहरूले जोडदार प्रस्तुति दिएका थिए । उनीहरूलाई श्याम महर्जनले बेस गितारमा र 'माउन्ट ८८४८' ब्यान्डका विनोद लामाले ड्रममा ब्याक-अप गरेका हुन् । टप टेनमा परेका प्रतियोगीहरूले एउटा म्युजिक एल्बम निकाल्ने छन् । कार्यक्रममा प्रतियोगीबाहेकका कलाकारको पनि प्रस्तुति रहेको
थियो । ज्योति घिमिरेले 'लजालु तिम्रो हेराइले...', आस्था बीले 'सबैलाई...', राजु सिंहले 'रित्तो सडकमा खोज्छु...' गाए । बेलायतका गितारिस्ट जे रायनले 'वी डोन्ट निड नो एजुकेसन...' गाउँदै बजाएको गितार कलाले सबैको मन छोयो ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login