बजारमा रुपबजारकी नोरा(साहित्य)


काठमाडौ, पुस १२ - पत्रकार तथा युवा साहित्यकार सरोजराज अधिकारीको कथासंग्रह रुपबजारकी नोरा सोमबारदेखि बजारमा आएको छ ।
साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकमा विभिन्न कालखण्डमा लेखिएका ११ कथा समावेश गरिएको छ ।  
कथानकका हिसाबले प्रेम र यौन मनोविज्ञान मुखतरित भए पनि अधिकांश कथा राजनीति र समाजलाई केन्द्रमा राखेर लेखिएका छन् । गरिमा, मधर्ुपर्क, हिमाल, समयजस्ता पत्रपत्रिकामा प्रकाशित भइसकेका र केही नया“ कथा पुस्तकमा समेटिएको छ । लेखक अधिकारीको लेखन शैली साङ्केतिक छ, संवादका माध्यमबाट घटनाक्रम र परिवेशलाई अघि बढाइएको छ ।
'सरोजका कथा साङ्केतिक भाषामा लेखिएका छन् । कथाको परम्परागत भाषा त्यहा“ उपस्थित हुन्न । संवादका माध्यमबाट तिनले परिवेश खडा गर्छन । र, संवादमै कहीनिर तिनले सन्देश दिएर जान्छन्,' कथासंग्रहको भूमिकामा कवि श्यामलले लेखेका छन्, 'इमानदारीले उनलाई कथालेखनमा साधिकार हस्तक्षेप गर्न प्रेरित गर्छ र कथ्यमा विश्वसनीयता कायम हुन्छ ।'
यसअघि लेखकको विदेशी गुप्तचर संस्थाको नेपाल चलखेलबारेको पुस्तक जासुसीको जालो प्रकाशित भइसकेको छ । 'ननफिक्सन' बाट पुस्तक लेखन सुरु गरेका कथाकार अधिकारीको रुपबजारकी नोरा पहिलो साहित्यिक कृति हो । पुस्तकको मूल्य एक सय ३० रुपैया“ रहेको छ । राजधानीबाट वितरण सुरु गरिएको पुस्तक छिट्टै मुलुकभर पुर्‍याइने प्रकाशकले जनाएका छन् ।      
 
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login