‘मुठभेड’मा ज्वालासिंह समूहका दुईजना मारिए

१२ पौष, गौर । रौतहटमा प्रहरीसँगको भिडन्तमा सशस्त्र भूमिगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह)का दुईजना जिल्लास्तरीय नेता मारिएका छन् । मारिनेमा रौतहट जिल्ला सहईन्चार्ज कमल भन्ने सुरेन्द्र मुखिया बिन र जिल्ला सेक्रेटरी उमेश भन्ने हरिश्चन्द्र सहनी रहेका छन् ।
धर्मपुर गाविस सिङ्गार्मन टोलस्थित बाग्मती खोला नजिक गएराती १० बजे प्रहरी र उनीहरुबीच भिडन्त भएको थियो । गस्तीमा रहेको प्रहरी टोली माथि ज्वाला सिंह समुहका कार्यकर्ताले अचानक गोली चलाएपछि जवाफी कार्वाही गर्दा उनीहरु मारिएको प्रहरीले दावी गरेको छ । घटनास्थलबाट दुईथान थ्रीफिप्टीन बन्दुक, १० राउण्ड गोली, मोर्चाको दस्तावेज र मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
भिडन्तमा मारिएका दुवैजना कार्यकर्ता तीन महिना अगाडि तराई मुक्ति मोर्चा पार्टीबाट रकम र हतियार हिनामिना गरेको आरोपमा पार्टीले कार्वाही गरेपछि ज्वाला सिंह समुहमा प्रवेश गरेका थिए ।
 
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login