गोरखामा पाठेघर खस्ने महिलाको संख्या बढ्दो(स्वास्थ्य)


गोरखा, पुस १२ - गत ५ गतेबाट गोरखा अस्पतालमा सुरु भएको पाठेघर खस्ने शल्यक्रिया शिविरमा बिरामी महिलाहरुको चाप अत्याधिक बढेको छ ।
निः शुल्क गरिएको शल्यक्रिया शिविर ग्रामिण भेगका महिलाहरु ठुलो संख्यामा दैनिक आउने गरेको आयोजक विनायक अस्पतालले जनाएको छ । अस्पतालको शिविर व्यावस्थापनका अनुसार पाठेघर खस्ने महिलाहरुको चाप अन्य जिल्लामा भन्दा निकै बढी भएको जनाएको छ । शल्यक्रिया गराउने चाप बढी भएकै कारण नौ दिन गर्ने भनिएको शिविर तीन दिन थपिएको छ । थपिएको दिनका लागि समेत शल्यक्रिया गर्ने महिलाहरुको संख्या निर्धारण भईसकेकाले अझै केहि दिन लम्ब्याउने तयारी भएको अस्पतालका बिष्णु पुरीले बताए ।
पुरीका अनुसार सोमबारसम्ममा १ सय दुई महिलाले शल्यक्रिया गराईसकेका छन् । बाँकी दिनका लागि समेत नाम दर्ता भईसकेको उनले बताए । 'दैनिक सय भन्दा बढी महिलाहरु चेकचाजका लागि आउने गरेका छन्' पुरीले कान्तिपुरसंग भने, 'आएकामध्ये ८० प्रतिशत महिलाहरुको अनिवार्य शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।' अस्पतालले नेपाल सरकारले गत बर्षबाट थालेको महिलाहरुको पाठेघर निशुल्क शल्यक्रिया कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरेको हो ।
शल्यक्रियाका लागि आउने महिलाहरु २० बर्षदेखि लिएर ८२ बर्ष उमेर सम्मका रहेका छन् । अधिकांश भने एक/दुई वटा बच्चका आमाहरु रहेको शिविरमा खटिएका डाक्ट मनोज कुमार शाहले बताए । अस्पतालले सरकारसंग शल्यक्रिया गराएका महिलाहरुको संख्याका आधारमा शुल्क लिने गरेको छ । श्रोत र साधन भएसम्म शिविर लम्ब्याउने तयारी अस्पतालले गरेको हो ।
अन्य जिल्लामा समेत शल्यक्रिया शिविर सञ्चालन गरेको अस्पतालले याहाँका अधिकांश महिलामा पाठेघर खस्ने समस्या रहेको जनाएको छ । 'हामीले लक्षित गरको भन्दा बढी कुनै पनि जिल्लमा महिलाहरु आएका थिएनन' डाक्टर शाहले भने, 'यस जिल्लामा हाम्रो लक्ष तीन सय हो । तर, अहिलेनै छ सयको संख्यामा नाम दर्ता भईसकेको छ ।'
शल्यक्रिया गराउने महिलाहरुका लागि नेपाल सरकारको तर्फबाट अस्पतालले पाँच सयका दरले रकम समेत उपलब्ध गराएको छ ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login