Pages

Wednesday, February 08, 2012

संसदसत्र चलिरहँदा ब्लु फिल्म हेर्ने तीन मन्त्रीको राजिनामा (भिडियो हेर्नुहोस् ) i

बैग्लोर, माघ २५ - संसदसत्र चलिरहेको समयमा ब्लु फिल्म हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीहरुले राजिनामा गरेका छन्। कोअपरेसन मन्त्री लक्ष्मण भी सावदी,  महिला तथा वाल विकास मन्त्री सीसी पाटिल र प्रविधि मन्त्री कृष्ण पालेमरले आज राजिनामा दिएका हुन्। उनीहरु भारतीय जनता पार्टीबाट मन्त्री बनेका हुन्।  उनीहरु संसदको चालु सत्रमा पोर्नोग्राफिक भिडियो हेरिरहेको अवस्थामा समातिएका छन्। मन्त्रीहरु पोर्नो भिडियो हेरिरहँदा समातिएपछि संसदमा हङ्गामा नै हुन पुग्यो। भारतीय जनता पार्टीको निर्देशनमा उनीहरुले राजिनामा दिएको पिटिआईले जनाएको छ।     टेलिभिजनका क्यामरापर्सनले मन्त्रीहरुले मोबाइल सेटमा पोर्नो फिल्म हेरिरहेको दृष्य कैद गरेका थिए। सावदीले मोबाइल देखाइरहेको र अर्का मन्त्री पाटिल गुनगुनाई रहेको फुटेज टेलिभिजनले देखाएका छन्। स्थानीय टेलिभिजनले मन्त्रीहरुको पोर्नो प्रेमबारे समाचार दिएपछि सावदीले आफूलाई चोख्याउँदै भने, 'म एउटी महिला चार जना पुरुषबाट कसरी वलात्कृत भइन भन्ने हेरिरहेको थिएनँ। मसँग पोर्नोग्रफिक भिज्युअल हेर्ने सस्तो मानसिकता ममा छैन।'  सभामुख केजे वोपाहले भने अहिल्यै केही बताउन नसक्ने बताए। उनले कानुनभन्दा माथि कुनै पनि मन्त्री हुन नसक्ने भन्दै अनुसन्धानमा दोषी देखिए सजायको भागिदार हुनुपर्ने बताए।   भाजपाका कर्नाटक अध्यक्ष केएस इश्वरप्पाले पार्टी मूख्यालयमा यसबारे जानकारी गराएको र पार्टीले माथिको आदेशमा निर्णय गर्ने बताएका थिए।   विपक्षी दल कङ्ग्रेस आईका नेता सिद्दारमनहीले सावदीलाई संसदबाट बाहिर्‍याउनुपर्ने माग गरे। 'सभामुखले उनलाई मन्त्री पदबाट निस्कासन गराउनुपर्छ। यो अत्यन्तै घृणित काम भएको छ। सरकारले कारबाही नगरेसम्म हामी विरोधमा रहनेछौं,' उनले भने।   कर्नाटकका मुख्य मन्त्री डिभी सदानन्द गोवाडाले भ्रमणका लागि बाहिर गएकाले उनीबाट कुनै प्रतिक्रिया आएको छैन। -nagriknews/ हिन्दुस्तान टाइम्स

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!