Pages

Friday, February 10, 2012

गजल (सन्दर्भ भेलेन्टाइन डे)


तिमी सँग गरेका ती विगतका बात सम्झेँ
पैलो भेटाँ लजाएकी अन्धकार रात सम्झेँ ।।
         गुलाबी ती तिम्रा गाला मदहोशी नजर ती
         नपिउँदै मात लाग्ने नारीको चैँ जात सम्झें ।।
छुट्ने छैन साथ हाम्रो भन्ने बाचा गरेकी थ्यौ
व्यवहाराँ नपाउँदा नतोड्नु चैँ घात सम्झेँ ।।
       बसेको थेँ प्रतिक्षामा तिमी साथ द्यौली भनी
       शब्द मात्र मुटु छुने बनावटी खात सम्झेँ ।।




ले. परशुराम तिमसिना
मेचीनगर–४, मागुरमाडी (झापा)

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!