४३ जना तीर्थयात्री चढेको ट्र्याक्टर दुर्घटनामा, १८ को मृत्यु (फोटोसहित)

अमर खड्का, इटहरी,(नागरिक) कात्तिक २४- धनुषाबाट बराह क्षेत्र दर्शन गर्न आएका तीर्थयात्री चढेको ट्रयाक्टर सुनसरी भरैला-२ को सुनसरी-मोरङ सिंचाई आयोजनाको नहरमा पल्टिँदा १८ जना तीर्थयात्रीको निधन भएको छ। दुर्घटनामा परी मर्नेमध्ये १६ महिला, एक बालक र एक पुरुष छन्।      ज १ त ४५५३ नम्बरको ट्रयाक्टर झण्डै २० मिटर तल नहरमा खस्दा मेला भर्न आएका तीर्थयात्रीको निधन भएको हो। मर्नेमध्ये १७ जनाको मात्रै सनाखत भएको छ। दुर्घटनामा परी मर्ने सबै धनुषाको तारापट्टी सिर्सिया वडा नं. ४ र ५ का छन्।  दुर्घटनामा परी मृत्यु भएका सबैको लाश प्रक्रिया पुर्‍याएर धनुषा पठाइने पूर्वाञ्चल क्षेत्रीय प्रशासक धरणीधर खतिवडाले बताए। खतिवडासहित पूर्वाञ्चल क्षेत्रीय सुरक्षा प्रमुखहरुको टोली घटनास्थलको निरीक्षण गरेका छन्। खतिवडाका अनुसार चाँडै नै सुरक्षा समितिको बैठक बसेर मृतक परिवारका आफन्तलाई राहत रकम दिइनेछ।  ४३ जना सवार ट्रयाक्टर दुर्घटनामा परी नहरमा डुबेका मध्ये केही तत्काल पौडिएर बाँच्न सफल भए भने बाँकीलाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  पौडिएर बाँच्न सफल भएका र उद्धार गरिएकामध्ये १८ जनाको जिल्ला अस्पताल इनरुवा र तीन जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। ट्रयाक्टर चालक भोगेन्द्र मुखिया फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।  घटनाबारे छानबिन गरिने पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआइजी सुरेन्द्र साहले बताए। 'घटना कसरी हुन गयो? भन्नेबारे अहिलेसम्म कसैले बताउँन सकेको छैन्। घटनाबारे छानबीन हुनेछ,' उनले भने।

तीर्थयात्री चढेको ट्रयाक्टर नहरमा पल्टिएपछि उद्धार गर्दै सुरक्षाकर्मीको टोली।

क्रेनले तानेर किनारमा राखिएको ट्र्याक्टर। यही ट्रयाक्टर नहरमा खसेको थियो।
सुरक्षाकर्मीले निकालेका लास सडकमा।
सुरक्षाकर्मीले निकालेका लास सडकमा।
तीर्थयात्री चढेको ट्रयाक्टर नहरमा पल्टिएपछि उद्धार गर्दै सुरक्षाकर्मीको टोली।
दुर्घटनामा परी पौडिएर बाच्न सफल पलट यादव पूर्वाञ्चल क्षेत्रीय प्रशासक धरणीधर खतिवडासहित सुरक्षा निकायका प्रमुखहरुलाई घटनाबारे जानकारी गराउँदै। सबै फोटोः अमर खड्का

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login