ट्रयाक्टर दुर्घटनामा १७ को मृत्यु, २० जनाजति बेपत्ता

२४ कात्तिक, सुनसरी । जनकपुरबाट तिर्थयात्री लिएर सुनसरीको पवित्र तिर्थस्थल बराहक्षेत्र जाँदै गरेको ट्रयाक्टर सुनसरीको झुम्कामा आज बिहान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।  अन्य सातजनाको घाइते अवस्थामा जीवितै उद्धार गरिएको छ भने अन्य २० जनाजति हराइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको इनरुवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये धनुषाकी सुनितादेवी महतोको मात्र सनाखत भएको छ । प्रहरी नायव उपरीक्षक यमुना रजकका अनुसार करिब ४५ जना तिर्थालु लिएर बराहक्षेत्र जाँदै गरेको ज १ त ४५५३ नम्बरको ट्रयाटर झुम्कास्थित मोरङ-सुनसरी सिञ्चाई आयोजनाको नहरमा खसेर दुर्घटना भएको हो । बराहक्षेत्रमा हरिबोधिनी एकादशीका दिनदेखि १० निदनसम्म मेला लाग्ने गरेको छ । घटनास्थलमा उद्धार र हराइरहेकाहरुको उद्धारमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login