२३ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले विहान १० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यबृद्धि गरेको हो । पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मटितेलमा प्रतिलिटर १-१ रुपैयाँ बृद्धि गरिएको निगमका प्रवत्ता मुकुन्द ढुङ्गेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १ सय ५ रुपैयाँ भएको छ भने डिजेल तथा मटितेलको मूल्य प्रतिलिटर ७६ पुगेको छ । सोमबारको मुल्यबृद्धि पछि निगमको मासिक घाटा ८३ करोड रहेको ७१ करोड रुपैयाँँमा झरेको उहाँको भनाई छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.