सर्लाहीको जिल्ला वन कार्यालयमा हतियारधारी समूह र सशस्त्र वन रक्षकबीच भीडन्त भएको छ । रक्तचन्दन लुट्ने उद्देश्यले आएका अज्ञात हतियारधारी समूह र सशस्त्र वन रक्षकबीच गएराति गोली हानाहान भएको हो । सुरक्षार्थ वन कार्यालयको मूलगेटमा खटिएका सशस्त्र वन रक्षक श्याम श्रेष्ठलाई कञ्चटमा गोली ताकेर हतियारधारीले रक्तचन्दन राखिएको ठाउँमा लगेका थिए । सशस्त्र वन रक्षकका जम्दार विनोद श्रेष्ठले वन रक्षकहरुलाई फायरिङ गर्न निर्देशन दिएपछि वन रक्षकले दश राउण्डभन्दा बढी हवाईफायर गरेका थिए । नकावधारी समूहले वन कर्मचारीलाई लक्षित गरी गोली चलाएको वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत रामसागर यादवले जानकारी दिनुभयो । हतियारधारी समुह वन कार्यालयभन्दा उतरतर्फको जंगल हुँदै भागेका थिए । त्यसैगरी गएराति प्रहरीले सर्लाहीको जानकीनगरबाट चिरान गरी लुकाइराखेको अवस्थामा १ सय १६ थान सालको काठ बरामद गरेको छ ।
स्थानिय समाचार
»
हतियारधारी समूह र सशस्त्र वन रक्षकबीच भीडन्त
हतियारधारी समूह र सशस्त्र वन रक्षकबीच भीडन्त
Tags:
स्थानिय समाचार
