रामपुर कृषि क्याम्पस अनिश्चितकालका लागि बन्द

२९ साउन, चितवन । बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिएपछि चितवनको रामपुरस्थित कृषि तथा वन अध्ययन संस्थान अनिश्चितकालका लागि बन्द भएको छ ।  विद्युत अभावमा कृषि तथा भेटेनरीका कक्षा सञ्चालन गर्न नसकिने भएकाले बन्द गर्नुपरेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रशासनले बन्द भएका बारेका आधिकारिक रुपमा जानकारी नगराए पनि प्राध्यापकहरुले विज्ञप्ति निकालेर विद्युतको वैकल्पिक व्यवस्था नभएसम्म क्याम्पसमा पठन-पाठन बन्द गरिएको जनाएका छन् । उनीहरुले क्याम्पस सुचारु गर्न तत्काल विजुलीको वैकल्पिक व्यवस्था गर्न माग पनि गरेका छन् ।  महशुल नबुझाउने कार्यालय तथा व्यक्तिहरुको विद्युत लाइन काट्ने सरकारी निर्णयअनुसार रामपुर कृषि क्याम्पसको विद्युत लाइन गत बिहीबार काटिएको थियो । क्याम्पसले झण्डै चार करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको प्राधिकरण जनाएको छ ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login