२९ साउन, पर्वत । आफ्नै दुई छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पर्वतका अधिकांश शिक्षणा संस्था बन्द आहृवान गरिएको छ । शिक्षक,विद्यार्थी र अभिभावकहरुले बालिका हत्यामा संलग्न कृष्ण तिवारीलाई कडा कानुनी कारबाहीको माग गर्दै शिक्षणसंस्था हड्ताल गरेका हुन् । जिल्लाको पीपलटारी-९ तिल्नीफाँटका तिवारीले गत १५ साउनमा ८ वर्षीया छोरी नमुना र ६ वर्षीया नविनालाई घर नजिकैको मोदीखोला पुलबाट फालेर हत्या गरेका थिए । काठमाडौँबाट प्रहरी उपरीक्षक शेरबहादुर बस्नेत नेतृत्वको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले गरेको छानविनबाट हत्यामा संलग्नता रहेको खुलासा भएपछि तिवारी शुक्रबार पक्राउ परिसकेका छन् । हत्यापछि तिवारीले १ लाख फिरौती माग गर्दै नचिनेका नकावधारीहरुले छोरीहरुको अपहरण गरी लगेको भन्दै प्रहरीमा उजुरी रगेका थिए ।
source:-onlinekhabar