युवा क्रिकेटर फर्किए


काठमाडौ, श्रावण २८ -

नेपाली युवा क्रिकेट टिमको सफलतामा अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण रहेको प्रशिक्षक जगत टमाटाले बताएका छन् । आयरल्यान्डमा सम्पन्न आईसीसी यू-१९ छनोट प्रतियोगितामा दोस्रो हुँदै स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले टिमले समग्रमा राम्रो प्रदर्शन गरेको बताए । 'राम्रो प्रदर्शन गरेकोमा समग्र टिम र हौसला प्रदान गरेकामा त्यहाँ रहेका गैरआवासीय नेपालीलाई विशेष धन्यवाद दिन चाहन्छु,' टमाटाले भने, 'टिमले अलराउन्ड प्रदर्शन गर्‍यो । आवश्यक परेका बेला सबैले आफ्नो भूमिका निर्वाह गरे ।'

साउन १२ देखि २४ सम्म भएको राउन्ड रोविन लिगमा सहभागी १० देशमध्ये नेपाल दोस्रो भएको थियो । शीर्ष ६ टिमले अर्को वर्ष अस्ट्रेलियाको क्विन्सल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा स्थान पक्का गरेका थिए । छनोट प्रतियोगितामा स्कटल्यान्डले पहिलो स्थान हात पारेको थियो । त्यस्तै, आयरल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र नामिबियाले छनोट चरण पार गरेका थिए । नेपाल स्कटल्यान्ड र क्यानडासँग मात्र पराजित भएको थियो ।

'खेलाडीले चोटग्रस्त हुँदाहुँदै पनि उत्कृष्ट प्रदर्शन गरे,' प्रशिक्षक टमाटाले भने, 'हामी उपाधि चुम्नबाट भने चुक्यौं ।' उनले क्यानडाविरुद्धको हारले नेपाललाई उपाधिबाट विमुख गराएको धारणा राखे । क्यानडाविरुद्ध नेपाल ३ विकेटले पराजित भएको थियो ।

'हामी राम्रो खेल्दाखेल्दै पनि त्यस खेलमा हार्न पुग्यौं । विकेटका कारण ब्याटिङ सामान्य रह्यो,' टमाटाले भने, '१ सय ७ रनमात्र पूरा गर्न हाम्रा बलरले क्यानडालाई ४८ ओभर २ बल खेल्न बाध्य बनाए । त्यो आफैंमा प्रशंसायोग्य हो ।'

टमाटाले नेपाली प्रशिक्षकका रूपमा पाएको सफलामा खुसी व्यक्त गर्दै युवा विश्वकपमा राम्रो प्रदर्शन गर्न अहिलेदेखि नै तयारी गर्नुपर्ने विचार राखे । युवा विश्वकपको समूह 'ए' मा नेपालसहित अस्ट्रेलिया, इंग्ल्यान्ड र आयरल्यान्ड छन् । 'धेरैभन्दा धेरै अभ्यास खेलको आवश्यकता छ । यस्तो खेलले अस्ट्रेलियामा राम्रो गर्न मदत पुग्छ,' टमाटाले भने ।

नेपाली टोलीका कप्तान पृथु बाँस्कोटाले 'टिमवर्क' का कारण सफलता हात पारेको बताए । प्रतियोगितामा २१ विकेट लिंदै संयुक्तरूपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका उपकप्तान राहुलले यसपल्ट ब्याटिङ गर्दै टिमले आवश्यक रन बनाएकाले बलरलाई कम दबाब भएको बताए । उनले एसीसी यू-१९ मा पनि २१ विकेट हात पारेका थिए ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login