जे.पाण्डे नेपालगन्ज, अषाढ २४ - बांके हिरमिनिया गाविस-२ भंघोटनाका रामफेरन वर्माको हत्या भएको छ । करिब ३५ वर्षीय वर्माको बेतहनी-१ सन्तलियामा शुक्रबार बिहान टाउको फेला परे पछि उनको हत्या भएको थाहा भएको हो । घटनास्थलमा लिङ्ग पनि काटिएको अवस्थामा फेला परेको छ । उनको शरीरको अन्य भाग फेला परेको छैन । प्रहरीले उनको हत्या दुई दिन अघि नै भएको हुन सक्ने अनुमान गरेको छ ।
सशस्त्र भुमिगत समूहले भारतमा उनको हत्या गरी लिंग र टाउको वेतहनी ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । सन्तलिया गाउं भारतको सिमानामा पर्छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेकेा जनाएको छ । भेटीएको टाउको र लिंग पोष्टमार्टमको लागि नेपालगन्ज भेरी अञ्चल अस्पतालमा ल्याइदै गरेको प्रहरीले जनाएको छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.