साउदीको आगलागीमा १ नेपालीको मृत्यु

 साउदी अरबको राजधानी रियादमा कामदार बस्ने घरमा आगो लाग्दा १ नेपालीसहित सात जनाको मृत्यु भएको छ । तीनजना जलेर घाइते भएका छन् । रियादको बाथजिल्लास्थित अलसुवेनको सुपरमार्केटको आवासीय घरको चौथो तलामा शनिबार बिहान आगो लागेको हो । ‘अहिलेसम्म मृत्यु भएकामा एक नेपाली र ६ भारतीय नागरिक भएको यहाँका सञ्चारमाध्यमले जनाएका छन्,’ गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष धर्म केसीले कान्तिपुरलाई फोनमा भने, ‘तर उनीहरू सबैको नाम र ठेगाना खुल्न सकेको छैन ।’  अरबन्युजका अनुसार मृत्यु भएका नेपाली कामदार २४ वर्षीय राकेश शाह हुन् । रियादस्थित नेपाली कार्यवाहक राजदूत हरिश्चन्द्र घिमिरेले दूतावासलाई घटनाबारे जानकारी नआएको राति कान्तिपुरलाई बताए । मृत्यु भएका सबैलाई आगोले पोलेको जनाइएको छ । घाइतेहरूको उपचार सुमेसु जनरल अस्पतालमा भइरहेको छ । भारतीय दूतावासका अधिकारीहरूले घटनास्थल अवलोकन गर्नुका साथै उपचाररत कामदारलाई भेटेका छन् । ‘हामीले आफ्नो कामदारको मृत्यु भएको जानकारी आफ्नो सरकारलाई दिइसकेका छौं,’ भारतीय दूतावासका एक उच्च अधिकारीलाई उद्धृत गर्दै अरबन्युजले भनेको छ, ‘शव छिटोभन्दा छिटो पठाउने प्रक्रिया सुरु गरिसकेका छौं ।’आगलागी भएको घरमा झन्डै ८० कामदार बस्थे । कान्तिपुरबाट
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login