काठमाडौं । चलचित्र विकास वोर्डको सेन्सेर वोर्डले हिन्दी चलचित्र ‘देल्ली बेल्ली’को प्रदर्शनमा प्रतिवन्ध लगाएको छ । चलचित्रमा भएका केहि सम्वाद र दृष्ट हटाउन दिएको निर्देशन विपरित प्रदर्शन गरेपछि आइतबार साँझबाट प्रदर्शनमा प्रतिवन्ध लगाइएको हो ।
आफूहरुले हटाएका सम्वाद र दृष्यलाई राखेर प्रदर्शन गरेकाले वाध्य भएर चलचित्रमाथि प्रतिवन्ध लगाइएको सेन्सर वोर्डका सदस्य चेतन सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’नेपाली समाजमा अपाच्य सम्वादहरु म्युट गरेर केहि दृश्यहरु हटाएका पठाएका थियौं । तर, त्यसलाई राखेर नै चलचित्र प्रदर्शनमा ल्याएकाले वाध्य भएर प्रतिवन्ध लगाइएको हो ।’
उहाँका अनुसार अब उक्त चलचित्र नेपालभर प्रदर्शन गर्न पाइने छैन । सेन्सर वोर्डको निर्णयसँगै सूचना तथा सञ्चार मन्त्रालय दिएको निर्देशनपछि काठमाडौं प्रहरीले चलचित्र प्रदर्शनमा रोक लगाएको छ । मन्त्रालयको निर्देशनमा हिन्दी चलचित्र ‘दिल्ली बेली’ को प्रदर्शनमा रोक लगाइएको काठमाडौं प्रहरी परिषरका एसपी केदार रिजालले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
भारतीय नायक अमिर खानको होम प्रडक्सन हिन्दी चलचित्र ‘देल्ली बेल्ली’मा मादरच्योत, वेहनच्योतलगायतका अपशब्दहरु बोलाइएका छन् भने महिलाको स्तन समाएको जस्ता दृष्य छ । हिन्दी चलचित्र ‘दिल्ली बेली’ शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको थियो ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.