कुरा मात्रै ठूला

काठमाडौ, श्रावण १० - आमा र बहिनीलाई लागूऔषध खुवाएर हत्या गरेको अभियोग लागेको मोस्ट वान्टेड सूर्य वास्तविक हत्यारा मन्त्रीदेखि प्रहरी अधिकृतसम्मकै हत्या गर्न लुकीछिपीमा छ । उता बाबुका हत्यारासँग बदला लिन चाहन्छे उषा । पकेट मारेर जीवन चलाउने रक्षा अनि हीरा चोर्ने सुरज । यी सबैलाई तह लगाउने डीएसपी अर्जुन (निखिल) ।  पढ्दा लाग्न सक्छ, शुक्रबार प्रदर्शनमा आएको 'द मोस्ट वान्टेड' भयंकर नै छ । तर पढ्दा र देख्दामा धेरै तलमाथि हुन सक्छ । दिनेश पौडेलको पहिलो निर्देशन एक्सनपूर्ण बनाउन पात्रले बोल्ने संवादमा कुनै कम्प्रोमाइज गरिएको छैन । तिनको बोलीले स्थापित गर्न खोजेको सेटिङलाई भिजुअलले भने सघाउँदैन । कैदका लागि लैजाँदै गर्दा प्रहरी घेराबाटै फरार सूर्यले आफ्नै आँखाअघि आमा र बहिनीको हत्या गर्ने अपराधीलाई सिध्याउन चालेका कदममा दम छैन । सुरक्षा सावधानीलाई फिल्मले पूर्णतः लत्याइदिएको छ । मोस्ट वान्टेड भनिएका पात्र दिउँसै व्यस्त सडकमा घुम्नु र समस्यामा पर्ने जोकोहीलाई सहयोगी भाव देखाउँदै निर्धक्क हिँड्नु अर्को आश्चर्य ।  पौडेलकै लेखन 'द मोस्ट वान्टेड' को शीर्षक अनुसार नै केन्द्रीय पात्रमा वान्टेड खेपेका सूर्य (राजेश) छ, जसले लघुशंकाको निहुँमा प्रहरीको आँखा सजिलै छल्न सक्छ । भाग्ने क्रममा उसको भेट उषा (तेजुला) सँग हुन्छ । एक्सनपूर्ण बनाउन खोजिएको फिल्ममा पात्रका बीच प्रेमलाई पनि अटाउने प्रयास त गरिएको छ, तर योजनाबिनै । तिनलाई मायालु पाउन समस्यै पर्दैन, बस, एकपटक आँखा जुध्नुपर्‍यो ।  स्त्रिmप्टका हिसाबले यो फिल्म कमजोर छ । मर्न र मार्नमै फिल्म सकिन्छ । फितलो कथालाई लामा नीरस फाइट सिनले छपक्कै छोपेका छन् । फिल्मका घटनाले  नयाँपनको सञ्चार गर्दैनन् । पुरानै फर्मुलाको जोडजाडमा फिल्मले अलमलिएको छ । निखिल शैलीका हावामा हुने फाइटलाई मसलाका रूपमा भरपुर प्रयोग गरिएको छ ।  'द मोस्ट वान्टेड' को सांगीतिक पक्ष भने केही सबल छ । पृष्ठभूमि र गीत दुवैमा हरि लम्सालले संगीत भरेका हुन् । पृष्ठभूमिको संगीतमा हरिले सनातन चर्को संगीत दिनुबाहेक पृथक् काम गरेका त छैनन्, तर गीत-संगीतमा राम्रै काम देखाएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा वेशभूषाको विविधता राम्रो छ । लोकेसन छनोटका हिसाबले पनि नाचगानको पाटो फिल्मको अन्य पक्षको तुलनामा राम्रो छ । एक्सन फिल्म भए पनि द्वन्द्व निर्देशकले एक्सनलाई रिच बनाउन सकेका छैनन् ।  खतरनाक गुन्डा त भनिन्छ तर यति कमजोर लाग्छन् कि उनीहरूकै अड्डामा गएर एक व्यक्तिले मुड्कीका भरमा काम तमाम गरिदिन्छ । हिरोलाई शक्तिशाशी देखाउन विरोधीलाई पनि उत्तिकै सक्षम देखाउन सकेको भए एक्सनको मजा दर्शकले पनि पाउन सक्थे । निर्देशकले कलाकारबाट राम्रो काम लिन पनि सकेका छैनन् । प्रायः नयाँ कलाकार खेलाउँदाको चुनौतीलाई उनले आत्मसात नगर्दा कुनै पनि कलाकार जम्न सकेका छैनन् । पात्रले बोल्ने संवाद अत्यन्तै 'फिल्मी' शैलीका छन्, जसले वास्तविकता चित्रण गर्न सघाउ पुर्‍याउँदैन । 


source:-ekantipur

  
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login