एक करोडमा 'बार्गेनिङ' हुँदै गरेको बुद्धको मूर्तिसहित तीन पक्राउ

चाँदनी हमाल, चितवन, साउन १०- एक करोड रुपियाँभन्दा बढी मूल्यमा बुद्धको मूर्ति बिक्री गर्न बार्गेनिङ गर्दै गरेका तीन जनालाई चितवन प्रहरीले भरतपुर हाइटबाट पक्राउ गरेको छ। मैयादेवी कन्न्या कलेजनजिकै यसरी बार्गेनिङ गरिरहेका उनीहरुलाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको हो।      देशका विभिन्न स्थानबाट पुरातात्विक वस्तुहरु हराइरहेका बेला चितवनबाट पुरानो बुद्धको मूर्ति बिक्री गर्न लागेको अवस्थामा फेला परेको हो। बरामद मूर्ति कति पुरानो हो भन्ने खुल्न सकेको छैन।  साढे नौ केजी बराबरको बुद्धको मूर्ति अहिले चलिरहेको सुनको भाउमा बिक्री गर्न लागेका पाल्पाका ४० वर्षीय बमबहादुर बुम्बू, नवलपरासी मुकुन्दपुरका २६ वर्षीय विष्णु परियार र २९ वर्षीय आइतराम सुनारलाई मूर्तिसहित प्रहरीले समातेको हो। उनीहरुसँगै रहेका अर्का व्यक्ति बुटवलका चुनबहादुर आले भने फरार छन्। बुद्धको मूर्ति कहाँबाट ल्याएको हो भन्ने नखुले पनि लुम्बिनीबाट ल्याइएको शङ्का गरिएको छ। 'कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ, चितवनका प्रहरी प्रमुख रवीन्द्र शर्माले भने- मूर्ति एकिन सुनको हो होइन भन्नेबारे जाँचपछि थाहा हुन्छ।' सुनको भनेर ठगी गरी बेच्न लागिएको पनि हुन सक्ने अनुमान उनले गरे। मूर्तिसँगै आरा, पिलाससहितका साना हतियार पनि प्रहरीले बरामद गरेको छ।  पक्राउ परेका एक व्यक्तिका अनुसार भने मूर्ति चुनबहादुर आलेले बुटवलबाट ल्याएका हुन। उनीसँग सापटी लिएको रुपियाँ फर्काउन आउँदा मूर्ति पनि उनैले ल्याएको उनको भनाई छ। आलेसहित मूर्तिसँग जोडिएका व्यक्तिहरुको खोजी भइरहेको प्रहरी प्रमुख शर्माले बताए।  यसैबीच अन्य विभिन्न घटनामा संलग्न आठ जनालाई दसीसहित प्रहरीले पक्राउ गरेको जनाएको छ। जसमध्ये थप पन्ध्र चोरीका मोटरसाइकल चितवन प्रहरीले बरामद गरेको छ। यसअघि विभिन्न समयमा बरामद भएका ३८ चोरीका मोटरसाइकल र एक स्यान्ट्रो कार अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ। नक्कली नम्बर टाँसेर मोटरसाइकल चलाएका दुई जनालाई प्रहरीले मङ्गलबार सार्वजनिक गरेको छ।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login