सप्तरी साउन १० सप्तरीको विभिन्न स्थानबाट अपहरित एक ट्रक चालक सहित दुइको अवस्था अझै अज्ञात छ । विगत आठ दिन अगाडि सप्तरीको भारदह-कोशी ब्यारेज सडक खण्डबाट अपहरित ट्रक चालक सुनसरीको इनरुवा गाविस ६ निवासी रामप्रसाद साहको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्रक चालक साहले को. १ ख २९५१ नम्बरको मिनी ट्रक लिएर सुनसरीतर्फजादै गर्दा सप्तरीको भारदह कोशी ब्यारेजबाट गत मंगलबार साँझ अज्ञात हतियारधारीहरुको एक समुहले अपहरण गरी लगेका थिए । ट्रक चालक साहलाई तर्राईमा सशस्त्र संर्घष्ारत अखिल तर्राई मुक्ति मोर्चाको अपहरणको जिम्मेवारी लिएका छ । त्यस्तै विगत नौ महिना अगाडि अपहरित सप्तरीको बरही विरपुर गाविस-५ निवासी जगरनाथ साहका १६ बषिर्य छोरा संजिप कुमार साहको अवस्था समेत हाल सम्म पनि अज्ञातै रहेको परिवारिक श्रोतले जनाएको छ । युबक साहलाई विगत ९ महिना अगाडि आफ्नै घर-नजिककैको पोखरीबाट छठ पर्व मनाएर र्फकदै गर्दा बिच बाटोबाटै अज्ञात समुहले अपहरण गरी लगेको थियो ।जनकपुर टुडे
समाचार
»
सप्तरीबाट अपहरित ट्रक चालक सहित दुइको अवस्था अझै अज्ञात
सप्तरीबाट अपहरित ट्रक चालक सहित दुइको अवस्था अझै अज्ञात
Tags:
समाचार









0 commentaires