अफगानिस्तान जेलका नेपाली छुटेनन्



काठमाडौं, अषाढ २६ - अफगानिस्तान जेलमा परेका १० नेपाली एक वर्षसम्म पनि रिहा हुन सकेका छैनन् । वैदेशिक रोजगारका लागि अफगानिस्तान अवैध रूपमा लगिएका नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । दलालले ती नेपालीलाई नक्कली भिसामार्फत पुर्‍याएका थिए ।  आईसीआरसीका अनुसार पक्राउ गरिएका नेपालीहरू राजधानी काबुलको १७ नम्बर जेलमा छन् । आईसीआरसीले पाँच महिनाअघि नै आफ्ना नागरिकको जिम्मेवारी लिई रिहाइ गराउन नेपाल सरकारलाई जेलमा रहेका नेपालीको नाम र फोटोसहितको विवरण पठाएको थियो ।  जेल परेकामा काठमाडौं-४ का मीनबहादुर मगर, कल्यानपुर-७, नुवाकोटका अमरबहादुर तामाङ र गणेशबहादुर तामाङ, दुलेगौडा-७, केशबहादुर सुनुवार राई, गोरखाका विकास गुरुङ, पोखरा-१० का बेलबहादुर पुन, धरान-१७ का निमा शेर्पा, इमानदोस-६, तनहुँका इन्द्रबहादुर गुरुङ, रामकुमार गुरुङ र विराटकुमार केसी छन् ।  'भिसा नक्कली भन्दै पक्राउ परेको हामीले चिठीमार्फत मात्रै जानकारी पायौं,' मीनबहादुरका आफन्त लीला मगरले कान्तिपुरसँग भने, 'छिटो रिहाइका लागि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्‍यौं । तर सुनुवाइ भएको छैन ।'  आफगानिस्तान हेर्ने जिम्मेवारी पाएको पाकिस्तानस्थित नेपाली दूतावासले जेलमा रहेका ती नेपालीलाई छुटाएर स्वदेश ल्याउने काम भइरहेको जनाएको छ । 'हामीले गत अप्रिलमै ९० दिनको समय राखेर ट्राभल डकुमेन्ट पठाएका थियौं,' दूतावासका एक अधिकारीले भने, 'अहिले त्यो म्याद सकेर पुनः नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारीमा छौं ।'  ती अधिकारीका अनुसार आईसीआरसीसँग समन्वय गरेर काम भइरहेको छ । दूतावासले १० मध्ये ६ जनाको मात्रै ट्राभल डकुमेन्ट बनाएको छ, जसमा रामकुमार गुरुङ, बेलबहादुर मगर, इन्द्रबहादुर गुरुङ, निमा ग्याल्जे शेर्पा, मीनबहादुर मगर र केशबहादुर सुनार छन् । अरूको ठेगाना पत्ता नलागेकाले नबनाएको दूतावासले जनाएको छ । 


ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login