ढिलो बोल्ने बच्चा क्षमतावान्



काठमाडौ, अषाढ २५ - जसका सन्तान धेरै ढिलो गरी बोल्छन्, उनीहरूलाई खुसीको खबर । नयाँ अध्ययनमा दाबी गरिएअनुसार, ढिलो बोल्न थाल्ने बच्चाको करिअर भविष्यमा राम्रो हुन्छ ।  अस्टे्रलियाको टेलेथन इन्स्िटच्युट फर चाइल्ड हेल्थ रिसर्चका अनुसन्धानकर्ताहरूका अनुसार ढिलो बोल्न सुरु गर्ने बालबालिका बढी बोल्ने बालबालिको तुलनामा बढी व्यावहारिक हुन्छन् र भावनात्मक समस्याबाट टाढै रहन्छन् ।  अनुसन्धानकर्ता प्रा. एन्ड्रयु ह्वाइट हाउस भन्छन्, ' ढिलोबाट बोल्न थाल्ने बच्चालाई दुइृ वर्षको उमेरमा व्यावहारिक र भावनात्मक समस्याबाट बचाउ हुन्छ, जब कि अन्य बच्चामा यो आयुमा यस्तो समस्या सबैभन्दा बढी पाउने गरिन्छ ।'  अनुसन्धानकर्ताका अनुसार बच्चाको ढिलो बोलाइले आमाबुबामा अत्यन्त तनाव उत्पन्न गर्छ । यस्ता अभिभावकले के कुरामा निश्चिन्त रहनुपर्छ भने तिनका यस्ता सन्तान मानसिक समस्याबाट टाढा रहन्छन् । ढिलो बोल्न सुरु गर्नु कुनै समस्याको संकेत होइन । केही ढिलो भए पनि अन्ततः बच्चाहरू बोल्न थाल्छन् । यसमा राम्रो कुरा के छ भने त्यतिन्जेल ती बच्चाहरूले शब्दको गम्भीरता वुभmने प्रयास गरिरहेका हुन्छन् ।  टेलिभिजनले मानसिक रोग  टेलिभिजनमा देखाइने कतिपय भयानक र आपत्तिजनक दृश्यले बढ्दो उमेरका बालबालिकाको मस्तिष्कमा कुप्रभाव उत्पन्न गर्दै छन् । बालविशेषज्ञहरूले बच्चामा भइरहेको यो असरलाई गम्भीर बताएका छन् ।    ब्रेक फरेस्ट विश्वविद्यायलकी प्राध्यापक मेरिना क्रिकमरका अनुसार तीनदेखि पाँच वर्ष उमेरका बालबालिकामा टिभी हेर्ने बानीले उनीहरूको निद्रामा असर पारिरहेको छ । टिभीमा देखिने कुनै पनि विचित्र वस्तुले बच्चाहरूमा डर उत्पन्न गराउछ, चाहे त्यो क्यारेक्टर राम्रो वा हसाउने किन नहोस् । यदि बच्चा टेलिभिजनमा कुनै चरित्रलाई हेरेर डराए भने यस्तो बेला उनीहरूलाई काखमा राख्नुपर्छ ।


ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login