परासी, असार १८ - नवलपरासीको स्वाठी गाउँ विकास समितिको हर्दियामा एकैपटक सातवटा घरमा लुटपाट भएको छ। बाह्र-पन्ध्रजनाको समूहमा आएका हतियारधारी समूहले स्वाठी-५ हर्दियाको सात घरबाट करिब रु पाँच लाख बराबरको धनमाल लुटपाट गरेका छन्। राति भएको लुटपाटको घटनामा हतियारधारी समूहले अधिकांश सुन र नगद लुटी लगेको छ। हालसम्म यस घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। लुटेराहरुले स्थानीय धनप्रसाद ज्ञवाली, नारायणप्रसाद कट्टेल, मनबहादुर थापा, तुलसी कट्टेल, हरिहर अमात्य, कमल राना र रमेश गुरुङको घरमा लुटपाट गरेका हुन्। लुटेराहरुले हवाई फायर गरी हतियार देखाएर सबै घरमा लुटपाट गरेका थिए भने लुटेराहरुले करिब रु चार लाखभन्दा बढीको सुन र रु एक लाख जति नगद लगेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। घटनास्थललबाट करिब एक किलोमिटरको दूरीमा रहेको प्रहरी चौकी सुनवललाई यो लुटपाटको घटनाले चुनौती थपिदिएको छ । -रासस
जीप दुर्घटनामा दुईको मृत्यु

0 commentaires