रेलको कहाली लाग्दो अवस्था




मनिका खतिवडा जनकपुरधाम,१८  असार । नेपालको एक मात्र ऐतिहासिक रेलको अवस्था दिनानुदिन दयनिय बन्दै गएको छ । सम्बन्धितपक्षले चासो नदेखाएपछि रेलवेको अवस्था यसरी दयनिय बन्दै गएको हो । पर्ूर्वी धनुषाका दर्ुइ दर्जन बढी गाविसका र्सवसाधारणहरुको लागि एक मात्र यातायातको साधनको रुपमा रहेको नेपाल रेल्वेमा आर्थिक अनियमितता बढ्दै गएको कारण यस्तो अवस्था सिर्जना भएको एक कर्मचारीले बताए त्यस क्षेत्रका र्सवसाधारणका लागि केही वर्षपर्ूव भरपर्दो सेवा भएपनि केही वर्षतादेखि रेलवेमा नियमित रुपमा हुने प्राविधिक खराबी कारण सेवा प्रभावित भएको हो ।इन्जिन, बोगी, लीक, पांग्रा समेत परिवर्तन गर्नुपर्ने भएकोले दैनिक रुपमा रेल लीक बाहिर हुने घटना, इन्जिनमा खराबी आएका कारण सेवा ठप्प हुने गरेको छ । जनकपुरदेखि जयनगरसम्म २८ किलोमिटरमा सञ्चालित रेल सेवा ३ महिनामा १५ पटक लिक बाहिर भएर सेवा ठप्प भएको रेल्वे कार्यालयको तथ्याड्ढ रहेको छ । रेल्वे कार्यालय अनुसार रेलले दैनिक सेवा दिने क्रममा आर्थिक वर्ष२०६६/०६७ सालमा ८० भन्दा बढी पटक लिकबाट बाहिर भएको छ रेल्वे टूाफिक ब्यबस्थापनका कर्मचारी योगेन्द्र सिंह बस्नेतका अनुसार रेल्वेको अवस्था दिनदिनै विग्रिदै गएको समयमा एक वर्षा राजनीतिक दलहरुको बन्द र बिभिन्न स्थानमा भएको दर्ुघटनाको कारण झण्डै एक महिना रेल्वे सेवा ठप्प हुने गरेको छ । रेल्वे सेवा दयनिय बन्दै गएपछि दैनिक तीन पटक सेवा प्रदान गर्ने रेल्वेले विगत केहि महिना यतादेखि एक सेवामा सिमित गरेको छ । निमित्त महाप्रबन्धक रामचन्द्र साहले लिकको मर्मतसम्भार गर्ने कार्य परिषद्को बैठकबाट छानिएर आउने महाप्रबन्धकले गर्ने बताए । उनले रेल्वेको महाप्रबन्धकको पद रिक्त भएको महिनौ बितिसकेपनि हालसम्म परिषद्को बैठक ३ पटक बसिसकेको जानकारी गराउदैं बैठक अन्तिम चरणमा गएपछि महाप्रबन्धकको छनोट हुने बताए । उक्त बैठकबाट अवकाश प्राप्त रेल्वेका १३ जना कर्मचारीहरुको संचयकोषको झण्डै ९५ लाख रकम समेत अर्थ मन्त्रालय मार्फ वितरण गर्ने योजना रहेको निमित्त महाप्रबन्धक साहले भने । यता श्रम तथा यातायात बिभागका अध्यक्ष कृष्ण प्रसाद डिडारीले यस बिषयमा आफुले केहि भन्न नमिल्ने प्रतिक्रिया दिए । उनले मन्त्रालयले रेल्वे मर्मत कार्य छिटै सञ्चालन गर्न तत्पर रहेको बताए ।मन्त्रालयले रेल्वे सुधार्ने कार्य रेल्वे कार्मचारीहरुलाई प्रलोभन दिने मात्र भएको रेल कर्मचारीहरुको कथन रहेको छ । मन्त्रालयबाट रेल्वे लिक मर्मत सम्भारको लागि पटक पटक रकम विनियोजन भएपनि लिक मर्मत नगरी सो रकम अन्यत्र खर्चिने गरेको रेल्वेका एक कर्मचारीले बताए । उनले रेल्वेमा बजेट आएपनि त्यो रकम रेल्वेका उच्चपदाधिकारीहरुले अनियमितता गर्ने गरेको आरोप समेत लगाए ।

जनकपुर टुडे


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login