जीप दुर्घटनामा दुईको मृत्यु




१८ असार, इलाम । मेची राजमार्ग अन्तर्गत इलाम–पाँचथर सडकखण्डमा पर्ने पाँचथरको पन्चमी गाविस–३ मा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा पाँचथर पन्चमी–९ की तुलसी बजगाईं र पन्चमी–६ की विष्णुमाया शिबुको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथर सदरमुकाम फिदीमबाट पन्चमी जाँदै गरेको मे१ज १०८८ नम्बरको जीप गएराति आठ बजे सडकबाट करिब पचास मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता चितवनको कविलासबाट शुक्रबार त्रिशुली नदीमा खसेर बेपत्ता भएको ट्रक र त्यसमा सवार व्यक्तिहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । भैरहवाबाट खाद्यान्न लिएर काठमाडौँ आउँदै गरेको भारतीय नम्बरको मालबाहक ट्रकमा चालक, सहचालकसहित आर्का एक जना रहेको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय चितवनल अविरल बर्षासँगै नदीमा बाढी आइरहेकाले खोजिकार्य प्रभावित भएकोे जनाएको छ ।


onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login