आफ्नै ठाउँमा डिजेल उत्पादनका लागि प्रयास

झापा अषाढ २६ - स्थानीय स्तरमै डिजेल उत्पादनका लागि गर्न यहाँका कृषकहरु जेट्रोफा (सजिवन) खेतीतर्फ लागिपरेका छन् । स्थानिय कृषकहरूद्वारा सञ्चालित सतासीधाम वैकल्पिक उर्जा विकास समुहले यस वर्षमात्र १०हजार विरुवा रोपेर खेतीलाई विस्तार गरेको छ । रतुवामाई वृक्षारोपण आयोजनाअन्तर्गत रहेको खेर गइरहेको जमीनमा जेट्रोफा खेती गरिएको हो । “वनजंगलमा खेर गएका जमिनलाई सदुपयोग गरेर आफ्नै देशमा डिजेल उत्पादन गर्ने हाम्रो मुल उद्देश्य हो”, समुहका कार्यवाहक अध्यक्ष प्रसाद सुव्बाले भने, “यो खेतीले अन्य रुखविरुवाभन्दा वढी अक्सिजन दिई पर्यावरण सन्तुलित राख्न मद्दत पुर्‍याउने गर्छ ।”     

 गत वर्षहरुमा समुहले २० हजार जति विरुवा आयोजना हाताभित्रको खेर गएको जमिन लिजमा लिएर रोपिसकेको छ । पहिलो चरणको खेतीले पूर्वाञ्चलभरी व्यापक रुपमा लैजान विरुवा उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै सुव्बा भन्छन्, “हामी पूर्वाञ्चलमा जेट्रोफा खेतीको नमुना कृषक समुह बनेर देखाउने छौं।” जिल्ला विकास समिति अन्तर्गत वैकल्पिक उर्जा विकास फाँटका अध्यक्ष किशोर कोइरालासमेत समुहको कार्य प्रशंसनीय रहेको बताउँछन् । कोइराला भन्छन्, “यसरी झापामा केही सामुदायिक वन, कृषक समुह लगायतले सामान्य चासो गरेपनि सतासी जस्तो व्यापक गर्न सकिरहेका छैनन् ।” विदेशमा प्रश्रय पाइरहेको यो जेट्रोफा खेती नेपालमा व्यापक बनाउन सके आफ्नै देशमा डिजेल उत्पादन हुने र देश प्रगतिको बाटोमा लम्किनेमा दुइ मत नरहने उनको दावी छ । यस वर्ष विरुवा विस्तार गर्नका लागि जिविस झापाले पनि सहयोग गरेको अध्यक्ष सुब्बाले बताउनु भयो । समुहले गरेको जेट्रोफा खेतीलाई पछ्याउने सतासीधामको चुलाचुली सामुदायिक वन पनि रहेको छ, जसले हाल आफ्नो जंगल क्षेत्रभित्र डिजेल खेती गरी समुदायको उन्नती गर्ने लक्ष्य लिएको छ । 

अनिल
पूर्वेली टाईम्स
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login