सामूहिक हत्या गरिएका चारजनाको शव एउटै खाल्डोमा समाधिस्थ



उदयपुर, २६ असार :अज्ञात समूहद्वारा चारदिन अघि घरमा सुतिरहेको अवस्थामा हत्या गरिएका एकै परिवारका दुई बालिका र बुबाआमाको एउटै खाल्डोमा आज समाधिस्थ गरिएको छ । जिल्ला अस्पताल कटारीमा पोस्टमार्टम पछि ५० वर्षीय खेसरबहादुर मगर, उनकी पत्नी ४० वर्षीया हर्कमाया मगर, १० वर्षीया रन्जु मगर र ५ वर्षीया पे्रमी मगरको लासको उदयपुरको कटारी गाविसस्थित तावा खोलामा खाल्डो खनेर समाधिस्थ गरिएको हो । एकाघरका परिवारमध्ये अहिले जीवित दुई छोरी र दुई छोरा छन् । सोही घटनामा सख्त घाइते बनेका ११ वर्षीय छोरा नेत्रकुमार मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुई छोरी र एक वर्षको छोरा त्यहाँ नभएकाले नजिकका आफन्तजनले शव बुझी समाधिस्थ गरेका हुन् ।घटनाको भोलिपल्ट इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्ला सदरमुकाम गाईघाटबाट २२ कोस पश्चिम उत्तरमा पर्ने घटनास्थलबाट तीन दिन लगाएर शनिबार चारवटै शव जिल्ला अस्पताल कटारी ल्याइपु¥याएको थियो। जिल्लाको दुर्गम पहाडी गाविस ठानागाउँ–५ थुम्कीका मृतक परिवार आर्थिकरुपमा समेत विपन्न रहेको र अर्काको बनी गरेर परिवारको छाक टार्दै आएको स्थानीय डाकबहादुर सिंहले बताए । हत्याको कारण अहिलेसम्म पत्ता लागेको छैन । मृतकको घाइते छोरा उपचारबाट फर्केपछि घटनाबारे थप जानकारी प्राप्त गर्न सकिने उदयपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। मृतक खेसरबहादुर पाँच वर्षदेखि पक्षघात पीडित भएको र पत्नी हर्कमाया पनि बोल्न नसक्ने अवस्थामा रहेको मृतकका आफन्तजनले बताएका छन् । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login