फेसबुकमा भिडियो च्याटिङ सुरु हुँदै, गुगलको पनि नयाँ सेवाको तयारी


काठमाडौ, अषाढ  २६  - गुगलसँग प्रतिस्पर्धाका लागि चालिएको एक कदमको रूपमा हेरिएको एक नयाँ प्रविधिका रुपमा फेसबुकले पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध गराउने भएको समाचार छ ।  फेसबुकको जस्तै अर्को विश्व विख्यात साईट गुगलले पनि गुथल प्लस नामको अर्को एवं नयाँ साईट थाल्ने भएको घोषणा यस अघि नै गरिसकेको छ । गुगल प्लसमा भिडियो च्याटको पनि सुविधा रहेको बताइएको छ ।  फेस बुकले यो नयाँ सेवा सुरु गर्नकाल लागि स्काइपबीच साझेदारी भएको समाचारमा जनाइएको छ । दुबैले केही शीघ्र सन्देशका लागि केही औजारहरुको उपयोग गर्दछन् ।  यो वर्षको सुरुमा माइक्रोसफ्टले स्काइपलाई किनेको थियो । स्काइपमा फेसबुकको पनि हिस्सा रहेको छ तर कानुनीरूपमा यो सम्झौता अभैm पूरा भएको छैन ।  नयाँ भिडियो च्याटको सुविधा घोषणा गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गले अहिले फेसबुकको उपयोग गर्नेहरूको सङ्ख्या ७५ करोड पुगेको घोषणा गर्नुभयो ।  यद्यपि उहाँले सक्रिय मानिसहरूको सङ्ख्या अब साइटको सफलताको उपयोगीस्तर नबनेको बताउनुभयो । उहाँले यसबाट फेसबुकका सदस्यहरू आपसमा कति तस्बिर, भिडियो लिङ्क र वेब लिङ्कको उपयोग गरिरहेका छन् भन्ने बारेमा सफलताको धेरै सङ्केत प्राप्त हुने बताउनुभयो ।  फेसबुकको भिडियो च्याटको प्रविधिअनुसार यो कुराकानी दुई व्यक्तिबीचमा सम्भव हुनेछ तर गुगलको तर्फबाट भने यो सुविधा एकै पटकमा धेरै मानिसहरूबीच सम्भव हुने बताइएको छ । रासस/एएफपी   


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login