ठमेल क्षेत्र २४ घण्टै खोल्न माग

८ साउन, काठमाडौँ । व्यवसायीले पर्यटकीय क्षेत्र ठमेललाई २४ घण्टा खला राख्ने व्यवस्था मिलाउन सरकारसाग माग गरेका छन् ।  सरकारले नेपाल पर्यटन वर्ष २०११ मनाइरहेको क्रममा ठमेलमा पर्यटकीय गतिविधि बढाउनका लागि यस्तो व्यवस्था गर्न आवस्यक रहेको उनीहरूको भनाइ छ । ठमेल क्षेत्र रातको १० बजेपछि नै सुनसान हुने र रेष्टुरेण्ट तथा होटलहरू १२ बजेअघि नै बन्द हुनाले पर्यटकीय गतिविधि घटेको व्यवसायीको तर्क छ । ट्रेकिङ एशोसियसन अफ नेपाल नाटका पूर्वमहासचिव नवराज दाहालले पर्यटकहरू पूर्णरूपमा मनोरञ्जन लिनका लागि ठमेल आउने भएकाले आवश्यक पूर्वाधारको विकास गरी त्यस क्षेत्रलाई २४ सै घण्टा खुला राख्नुपर्ने बताउनुभयो । तर, त्यसका लागि उनिहरुलाई जुनकुनै बेला निर्वाध रुपमा गतिविधि गर्न सुरक्षाको भरपर्दो वातावरण तयार गरिनुपर्ने दाहालको भनाइ छ । अनलाइनखवरसाग कुरा गर्दै दाहालले विकृतिको केन्द्रका रुपमा फस्टाउादै गएको ठमेल क्षेत्रका मसाज केन्द्र र रात्रि नाचघरहरु बन्द गरेर ठमेललाई सुरक्षित पर्यटकीय नगरी बनाउन सकिए मुलुकको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले ठमेललाई २४ सै घण्टा खुला राख्न आफूहरुले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । व्यवसायीहरुले आउादो शुक्रबार एक रातका लागि ठमेल खुला गर्ने र त्यसको परिणाम सकारात्मक आए क्रमश बढाउादै लगिने बताएका छन् ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login