८ साउन, सिराहा । तराइमा भूमिगत सशस्त्र गतिविध गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति मोर्चाका कार्यकर्ताले सिराहामा एक शिक्षकलाई गोली हानी घाइते बनाएका छन् । जिल्लाको सहसौला गाविस-३ का स्थानीय जनता दलित विद्यलायका शिक्षक विजय मण्डलमाथि गएराति उनकै घरमा सुतिरहेका बेला तीन जनाको संख्यामा आएका उक्त समूहका कार्यकर्ताले गोली हानेका हुन् । देब्रे तिघ्रमा लोगी लागेका मण्डलको बर्दिवास अस्पतालमा उपचार भइरहेको छ । राजन मुक्ति समूहका केन्द्रीय सदस्य बताउने भाष्कर मुक्तिले अज्ञात स्थलबाट सञ्चारकर्मीलाई टेलिफोन गरी मण्डलमाथि आफ्ना कार्यकर्ताले आक्रमण गरेको बताएका छन् । उनले मण्डलका बुबा एकीकृत माओवादी गाविस प्रतिनिधि रामसागर मण्डललार्य निशाना बनाइपनि अँध्याराको कारण भुक्किएर उनलाई गोली लागेको बताएका छन् ।
source:-onlinekhabar









0 commentaires