Pages

Saturday, July 16, 2011

बैद्धिक साम्यवाद स्थापना गर्ने उद्देश्य सहित नयाँ पार्टी गठन

  काठमाडौ, ३२ असार । हिन्दुत्वको जगमा मुलुकका प्रजातान्त्रिक शासन ब्यवस्था सहित  शान्ति र सुशासन स्थापना गर्दै बैद्धिक साम्यबाद स्थापना गर्ने उद्देश्य सहित राष्ट्रिय  शिव सेना पार्टी नामको नयाँ पार्टी गठन भएको छ ।  शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो नयाँ पार्टी घोषणा गरि  एको हो ।  हिन्दु सभ्यताको आधुनिकीकरणबाट नै नेपाल र नेपालीपन झल्कीने हुँदा वै  भवशाली हिन्दु सभ्यताको जगमा टेकेर सुशासन, शान्ति र सदभाव तथा प्रजातान्त्रिक तथा  प्रजातान्त्रीक पद्धतिको सिद्धान्त अगिकार गरी बैदिक साम्यबाद अर्थात रामराज्यको परि  कल्पना र स्थापना गर्न पार्टीको गठन गरिएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष  विक्रमबहादुर थापाले जानकारी दिए ।  उनले विभिन्न नाममा भत्काईएको मुलुकको ईतिहास, धर्म र संस्कृतिको संर  क्षण, सम्बद्र्धन र पुनः स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको भन्दै राजतन्त्र र  हिन्दुत्व सहितको प्रजातन्त्र स्थापना गर्नु पर्नेमा जोड दिए ।  सो पार्टीले अनमिनद्धारा अयोग्य प्रमाणित लडाकुलाई योग्य नेपालीका छोर  ाको संज्ञा दिदै उनीहरुलाई मुलुक निर्माणमा हातमा हात मिलाएर अगाडि बढ्न  आफ्नो पार्टीमा आएर लाग्न आब्हान पनि गरे ।  नव गठित पार्टीले सर्वप्रथम हामि नेपाली हौ तर त्यसभन्दा पहिले हामि हिन्दु हौ  भन्ने नारा अगाडि सारेर हिन्दु राष्ट्र स्थापनामा अभियान चलाउने स्पष्ट पारेको छ ।  मुलुकको अवस्था अहिले अत्यन्तै जटिल र विखण्डीत अवस्थामा रहेको भन्दै मुलुकलाई  अखण्ड र समस्याबाट माथि उकास्न आफूहरु अग्रसर हुँदै पार्टी स्थापना गरेको सो  पार्टीका बरिष्ठ नेता सूर्य प्रसाद बमले बताए ।  उनले हिन्दु धर्म र राजतन्त्र पुर्नस्थापना नभई मुलुक अगाडि बढ्न नसक्ने भन्दै  बैभवशाली गाथा बोकेको तपोभुमि नेपालको ईतिहास, सम्यता र पहिचान नष्ट गरेर  कुनै बाद लादेर स्वर्ग जस्तो मुलुकलाई बर्बाद पार्न नदिने चेतावनी दिए ।  महामन्त्री निरकुमार सम्बाहाम्फेले दलहरुको कारण नेपाल र नेपाली अस्तित्व रक्षा  गर्नु पर्ने अवस्थामा पुगेको भन्दै मुलुकलाई राजनीतिक दल, विखण्डन , विदेशीको  कुदृष्टिबाट बचाउन नयाँ राष्ट्रबादी पार्टीको गठन गर्नु परेको बताए । उनले  मुलुकलाई विखण्डन गरेर आफ्नो कुर्सि जोगाउन दलहरु लागेको आरो पनि लगाए ।  विक्रमबहादुर बमको अध्यक्षतामा गठित पार्टीमा बरिष्ठ नेता सुर्य प्रसाद प्रसाई,  बरिष्ठ उपाध्यक्ष शान्त बस्नेत, महामन्त्रीहरु निरकुमार सम्बाहाम्फे, राम प्रवोध  शाह, सुर्दशन नेपाली, टेकराज पनेरुसहमहामन्त्री सदिप जङग शाह, जगत जेठार र कमल  पौडेल, कोषाध्यक्ष होमनाथ भण्डारी, सह कोषाध्यक्ष सीमा खड्का, प्रवक्ता राजे  न्द्र बहादुर चन्द र सहप्रवक्ता अतिउत्तम बुढा सहित ३४ सदस्यीय केन्द्रीय कमिटि  गठन गरिएको छ।


reportersclube@gmail.com

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!