गोरखा, असार ३२- तिब्बत र चीन एकीकरण भएको ९० वर्ष पुगेको अवसरमा चीन सरकारले तिब्बतमा सेप्टेम्बर महिनाभरि महोत्सव मनाउन लागेपछि गोरखा जिल्लास्थित छेकम्पार हुँदै तिब्बत जाने नाका एक महिनाका लागि बन्द गरिएको छ। महोत्सवका बेला सीमा क्षेत्रबाट तिब्बती शरणार्थी प्रवेश गरी तनाव सिर्जना नगरुन् भनेर नाका बन्द गर्न लागिएको छलफलमा सहभागी एमाओवादीका प्रतिनिधि लाक्पानुर्वु लामाले जानकारी दिए। छलफलमा नेपालका तर्फबाट माओवादीका लामा, नेपाली काँग्रेसका तर्फबाट फुञ्जो लामा, नेकपा एमालेका तर्फबाट दोर्जे लामा र छेकम्पार प्रहरी चौकीका प्रमुख शान्तबहादुर बस्नेत र तिब्बतका तर्फबाट जोङ्गा जिल्लाका सदस्य, सेना प्रमुख, प्रहरी प्रमुख र स्या गाविसका अध्यक्षको सहभागिता रहेको थियो। सेप्टेम्बर महिनाभर नाका बन्द रहने र अक्टोबर २ तारिखबाट खुल्ने छेकम्पार प्रहरी चौकीका प्रमुख बस्नेतले जानकारी दिए। महोत्सव मनाउँदै गर्दा नेपाली नाकाबाट तिब्बतीहरु छिरेर अराजक क्रियाकलाप गर्न सक्ने घटनालाई मध्यनजर गर्दै नाका बन्द गरिएको हो। छलफलमा नेपाल सरकारले माग गरे उत्तरी गोरखामा मोटरबाटो र विद्यालयलगायतका संरचना निर्माण गर्न चिनिया पक्ष तयार रहेको छलफलमा सहभागी जिल्ला सदस्यहरुले बताएको काँग्रेस नेता फुञ्जो लामाले बताए। नाका खुलेसँगै सीमा क्षेत्रका नागरिकलाई ३५ किलोमिटर क्षेत्रसम्म निर्वाधरुपमा आवतजावत गर्न पाउँछन्। तिब्बतको स्या गाविसमा मोटर गुडिरहँदा गोरखाका छेकम्पार गाविसका नागरिक भने टुलुटुलु हेर्ने काम मात्र भएको छ। आफ्नो सीमामा विकास भएको र नेपालको सीमामा विकास नभएकोप्रति स्या गाविसका अध्यक्षले दुःख पोख्दै आफूहरुले विकास निर्माणका काममा आगामी दिनदेखि सक्दो सहयोग गर्दै जाने वचन दिएका छन्। सहयोग उपलब्ध गराएवापत तिब्बती शरणार्थीलाई सिमानाबाट वारपार गर्न नदिन उनीहरुले आग्रह गरेका छन्। -रासस
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!