२६ असार, काठमाडौं । तारा एयरको टि्वनअटर विमान दुर्घटना भएको सम्बन्धमा गठित दुर्घटना जाँच आयोगले पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्मालाई प्रतिवेदन बुझाएको छ । काठमाडौंको क्षेत्रीय नियन्त्रण कक्षबाट ट्राफिक सूचना विमान चालकलाई गलत उपलब्ध गराउनु र बिग्रँदो मौसमी अवस्था र उडानमार्गको भौगोलिक अवस्थितिलाई ध्यानमा राखी विमान तल झार्ने स्वीकृत नदिई विमान दस हजार पाँच सय फिटको उचाइमा लैजान नसक्नु दुर्घटनाको प्रमुख कारण आँैल्याइएको छ । गत मङ्सिर २९ गते लामिडाँडाबाट काठमाडौं र्फकने क्रममा ओखलढुङ्गाको करिब नौ हजार फिटको मानेडाँडामा ठोक्किएर विमान दुर्घटना हुँदा चालकदलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । विमानमा नेपाली भएको परिचय दिँदै १८ जना भुटानी र एकजना तिब्बती नागरिक यात्रुका रुपमा रहेका थिए । काठमाडौंका हवाई ट्राफिक नियन्त्रकले विमानका चालकलाई रुम्जाटारबाट लुक्ला पुगिसकेको हेलिकप्टरबाट स्थितिलाई काठमाडौँबाट लुक्लाका लागि उडेको र सो समयमा रामेछापमा पुगेको भनी अनुपयुक्त ट्राफिक सूचक दिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, विमानका प्रमुख चालकले विमानको उडान नियन्त्रण आफ्नो जिम्मा लिइरहेका आफ्ना सहचालकलाई बिग्रँदो मौसमी अवस्था र उडानमार्गको भौगोलिक स्थितिलाई ध्यान नदिएको साथै दस हजार पाँच सय फिट चढिरहेको विमानको उचाइलाई आठ हजार पाँच सय फिटमा झार्दा विमानको देब्रे पखेटाले मानेडाँडाको चट्टानमा ठोक्किएको जनाइएको छ । प्रतिवेदनमा फेरि पनि यस्ता दुर्घटना हुन नदिन सम्बन्धित निकायलाई विभिन्न सुरक्षात्मक सुझावहरू दिइएको छ । रासस
समाचार
»
गलत सुचना दिँदा विमान दुर्घटना भएको निष्कर्ष
गलत सुचना दिँदा विमान दुर्घटना भएको निष्कर्ष
Tags:
समाचार
