वीरगन्ज,१९ असार । पर्सा प्रहरी उपरीक्षक रमेशप्रसाद खरेलको अगुवाइमा गएराति वीरगन्जका होटलहरुमा प्रहरीले छापा मारी पाँच जुवाडेलाई नियन्त्रणमा लिएको छ । होटलहरुमा अवैध कारोवार हुँदै आएको भन्ने जनगुनासो बढेपछि छापा मार्ने कार्यलाई तीव्र पारिएको हो । रातिस्थित क्लासिक होटलमा छापामारी जुवातास खेलिरहेका पाँच व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । पक्राउ भएकाहरुलाई आज बिहान जरिवाना गरी छाडिने पर्साप्ररहरी प्रमुख खरेलले बताउनुभयो । रासस
वीरगन्जका होटलहरुबाट पाँच जुवाडे पक्राउ

0 commentaires