सशस्त्र समूह र प्रहरीबीच भिडन्त, एकको मृत्यु


वीरगन्ज,१९ असार । पर्साको परवानीपुरस्थित सिर्सिया नदी नजिक गएराति सशस्त्र समूह र प्रहरीबीच भिडन्त हुँदा सशस्त्र समूहका एक जिल्लास्तरीय नेता मारिएका छन् । गस्तीमा रहेको प्रहरीमाथि लक्षित गरी करिब पाँचजनाको समूहमा रहेको सशस्त्र समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी उपरीक्षक रमेश खरेलले जानकारी दिनुभयो । प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका जिल्लास्तरीय नेता मनिष सिंहको मृत्यु भएको पनि प्रहरी स्रोतले बताएको छ । उनी वीरगन्जमा विभिन्न बम विष्फोट, चन्दा आतङ्क तथा गोलीकाण्डको घटनामा समेत संलग्न रहेको पनि प्रहरीले दाबी गरेको छ । उनको शव पोष्टमार्टमका लागि नारायणी अञ्चल अस्पताल वीरगन्जमा राखिएको छ । घटनास्थलबाट प्रहरीले केही हतियारसहेत बरामद् गरेको र आफ्नोतर्फकुनै क्षति नभएको प्रहरी उपरीक्षक खरेलले जानकारी दिनुभयो । घटनाको विषयमा थप जानकारी आउन बाँकी नै रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login