
१ साउन, काठमाडौँ । सरकारले आजदेखि राजधानी बारिहका ३८ जिल्ला प्रशासन कार्यालयबाट मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरण गर्दैछ । आजबाट ३८ जिल्लामा राहदानी फरक बुझ्ने र वितरण गर्ने कार्य थाल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जिल्लाबाटै राहदानी त्यसका लागि आवश्यक फारामहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा पठाई सकिएको गृहसचिव लीलामणि पौडेलले जानकारी दिनुभयो । पौडेलले भदौ महिनामा थप २० र असोजसम्ममा ७५ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट राहदानी वितरण गर्ने तयारी भइरहेको बताउनुभयो । आजबाट राहदानी बााड्न लागिएका जिल्लाहरुमा पूर्वका मोरङ, सुनसरी, सप्तरी, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ। ओखलढुंगा, संखुवासभा र पूर्वी तराइका बारा, पर्सा र रौतहट तथा कास्की, मनाङ, मुस्ताङ, बाग्लुङ, पर्वत र म्याग्दी छन् । यसैगरी गोरखा लमजुङ, स्याङजा, तनहुा, बाँके,बर्दिया,कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, दैलेख, सुर्खेत, हुम्ला, दार्चुला, बैतडी जिा प्रशासन कार्यलयले आजबाट राहदानी र्फम वितरण र बुझ्ने काम थाल्दै छन् । पौडेलले फाराम भरेपछि केन्द्रीय राहदानी कार्यालयमा पठाइने र राहदानी तयार पारेपछि जिल्ला लगेर बाँडिने जानकारी दिनुभयो । राजधानीबाट मात्र राहदानी बाँडिँदा सेवाग्राहीले असुविधा भोग्दै आएका थिए ।
source:-onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.