एमाले पूर्वसांसदका अंगरक्षकद्वारा गोली हानी १ को हत्या

१ साउन, सप्तरी । एमाले पूर्वसांसद जगदीश साहका अंगरक्षक प्रहरी हवल्दार प्रवेश महतोले एक जनाको गोली हानी हत्या गरेका छन् ।  महतोले सप्तरी शम्भुनाथ गाविस-८ सकुवाका रामबहादुर चौधरीको गोली हानी हत्या गरेका हुन् । अत्याधिक मादकपदार्थ सेवन गरेका महतोले हानेको गाली लागी साहको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । चौधरीका परिवारले पूर्वसांसद साहले राजनीतिक प्रतिशोधका कारण अंगरक्षकलाई गोली हान्न लगाएर उनको हत्या गरेको आरोप लगाएका छन् ।  मृतक चैधरीको शव पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login