नेपालको लज्जास्पद पराजय

                                      जोर्डन- ९ नेपाल- ० 
काठमाडौं, श्रावण ७ - एसियाली विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत शनिबार राति जोर्डनमा भएको पहिलो लेगमा नेपालले लज्जास्पद पराजय व्यहोरेको छ । अम्मान रंगशालामा राति अबेर सकिएको खेलमा नेपाल जोर्डनसँग ९ गोलले पराजित भएको हो ।   जोर्डनको जीतमा खेलको सातौं मिनेटमै मोहमद हसनले हेडबाट उत्कृष्ट गोल गरी खाता खोलेका थिए । उनले खेल अवधिभर ४ गोल गरे । हसनले सातौं, ७४ औं, ८४ औं र ९३ औं मिनेटमा गोल गरे ।  जोर्डनकै खालिल अमेरले २० औं र ५६ औं मिनेटमा गोल गरे भने अहमद हायलले ३१ औं र ६४ औं तथा सलिम अब्दुल्लाहले गोल ४६ औं मिनेटमा गोल गरे ।   फराकिलो पराजयसँगै करिव करिव नेपालको अघिल्लो चरणको यात्रा समाप्त हुने देखिएको छ । बिहीबार काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले कम्तिमा १०-० ले पराजित गर्नुपर्नेछ । त्यो नेपालका लागि अत्यन्तै कठीन छ ।  खेलमा नेपाल बराबरीको नजिता ल्याउने योजनामा थियो । योजनाकार बेलायती नेपाली प्रशिक्षक ग्राहम्स् रोबर्टसले गरेको प्रयास पनि साकार हुन सकेन । नेपालले पाँच डिफेन्डरसहित रक्षात्मक टिम बनाएको थियो ।   नेपाली टिममा गोलकिपर किरण चेम्जोङ, सागर थापा, रोहित चन्द, सन्दीप राई, विकाससिंह क्षेत्री, विराज महर्जन, निराजन खड्का, भोला सिलवाल, शिव श्रेष्ठ, अनिल गुरुङ र जुमनु राई थिए ।  यसअघि एसियाली विश्वकप छनोटका लागि दशरथ रंगशालामा भएको दुवै खेल नेपालले जीतेको थियो ।    अपडेट   नतिजाः जोर्डन- ९ नेपाल- ०  - नेपालविरुद्ध जोर्डनको नवौं गोल । थपिएको तेस्रो मिनेटमा गोल भएको हो ।   - ८४ औं मिनेटमा फेरि गोल थप्यो । जोर्डनले नेपालविरुद्ध आठौं गोल गरेको छ । मो. हसनले गोल गरेपछि उनको हृयाटि्रक भएको छ ।  - जोर्डनले नेपाललाई गोल गर्न अवसर नदिई ७१ औं मिनेटमा मो. हसनले सातौं गोल गरेको छ ।  - ६४ औं मिनेटमा जोर्डनका इब्राहिम अहमदले छैटौं गोल गरे ।  - ५६ औं मिनेटमा जोर्डनका खालिल अमेरले फेरि अर्को गोल थपे ।   मध्यान्तरपछिको खेल जारी   - मध्यान्तरपछि केही हतास देखिएको नेपाली खेलाडी टोली मैदानमा प्रवेश गरेको छ ।   मध्यान्तर । जोर्डन- ४ नेपाल- ०  - गर्बिलो प्रदर्शन गरेपछि जोर्डन समर्थकहरु घरेलु मैदानमा नाचगान गरिरहेका छन् ।   - मध्यान्तरका लागि थपिएको एक मिनेटमा पनि जोर्डनका सलिम अब्दुल्लाहले गोल थपे ।  - मध्यान्तर नजिकै पुग्दा नेपालले प्रदर्शन सुधारेको छ ।  - ३१ औं मिनेटमा जोर्डनले अर्को गोल थप्यो । अहमद हायलले गोल गरेका हुन् ।   - २० औं मिनेटमा फेरि जोर्डनले गोल गरेको । खालिल अमेरले गोल लगाए ।  - सातौं मिनेटमा जोर्डनले नेपालविरुद्ध गोल गरेको छ । मो. हसनले गोल लगाए ।  - खेल सुरु भएको छ ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login