पूर्वमा जतातजै बम आतंक

२८ असार, सुनसरी । पूर्वका विभिन्न स्थानमा राखिएका बमका कारण यस क्षेत्रको जनजीवन आतङ्कित बनेको छ ।  सुनसरीको इटहरीस्थित राजश्व अनुसान्धान कार्यालय पूर्वाञ्चल इकाई र धरानस्थित आन्तरिक राजस्व कार्यालयमा मंगलबार प्रेसर कुकर बम फेला परेको हो । यस्तै जिल्ला विकास समितिको कार्यालय उदयपुर र उदयपुरको तपेश्वरी गाविस-९ स्थित एक क्रसर उद्योगमा मंगबलार नै शक्तिशाली पे्रसर कुकर बम फेला परेको छ ।  खम्बुवान मुक्ति मोर्चा नामक समूहले बम आफूले राखेको दावी गरेको छ । बम भएको स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुर प्रहरीका प्रमुख नायव उपरीक्षक नरेन्द्रप्रसाद उेप्रतीले महावीर एगि्रकेट प्रालिमा राखिएको पााच लिटरको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रय पारेको जानकारी दिनुभयो ।  स्थानीय सञ्चारकर्मीलाई अज्ञात स्थलबाट टेलीफोन गरी मोर्चाको प्रवक्ता बताउने आकार खम्बुले एकात्मक र केन्दि्रकृत राज्यको अन्त्य गर्दै जातीय स्वायत्तताको आरधारमा खुम्वुवान राज्य स्थापनाका लागि आफूहरुले सशत्रस्त्र युद्ध सुरु गरेको जनाउन दिन बम राखेको दावी गरेका छन् । ती बमहरु नेपाली सेनाको डिस्पोजल टोलीको सहायतामा निस्क्रय बनाउने प्रयास भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  यसअघि गएराति सुनसरीकै इनरुवास्थित पूर्वाञ्चल ग्रामीण विकास बैंकमा राखिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्त्रिmय पारेको थियो । सो बम मधेसी मुक्ति टाइगर्स नामक समूहले राखेको बताइएको छ ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login