अन्तराष्ट्रिय नेपाली साहित्य समाज तथा विश्र नेपाली साहित्य महासंघ यूएई च्याप्टरले यस पटकको भानु जयन्ती संयूक्त रुपमा मनाउने निर्णय गरेको छ । जुलाई १५, २०११का दिन दुवईको एभरेष्ट होटलमा दिनको ३ बजेदेखि हुने भानु जयन्ती कार्यक्रममा साहित्यकारद्वय माइनसप्लस संग्रौला र दिनेश आचार्य मन्डुद्वारा लिखित/सम्पादित अनेसास यूएई च्याप्टरद्वारा प्रकाशित प्रवासका दुई फूल नामक संयुक्त गजल संग्रह पनि विमोचन हुने जनाईएको छ ।उक्त साहित्यिक गोष्ठिमा यूएइमा रहेका सम्पूर्ण साहित्यकार तथा साहित्य अनुरागीहरुलाई उपस्थित हुनको लागि अनेसास तथा विनेसाम यूएईले हार्दिक अनुरोध गरेको छ । साथै पहिलो पटक हुन गईरहेको यो संयूक्त भानु जयन्ती तथा साहित्यिक गोष्ठीले आगामी दिनहरुमा पनि नेपाली साहित्यका हस्तीहरुको जन्मजयन्ती संयूक्त रुपमा मनाउनकोलागि प्रेरणा दिने यूएईका साहित्यकारहरुको बुझाई रहेको छ ।
साहित्य
»
प्रबासका दुई फूल यूएइमा बिमोचन हुने
प्रबासका दुई फूल यूएइमा बिमोचन हुने
Tags:
साहित्य
