काठमाडौ, अषाढ ३२ - गर्भावस्थामा महिलालाई सामान्यतः दुई व्यक्तिले खाने बराबर खाना सल्लाह दिइन्छ । तर अनुसन्धानकर्ताहरूका अनुसार गर्भावस्थाको समय आवश्यकताभन्दा बढी खाँदा जीवनभर मोटोपनाको सिकार हुनुपर्ने हुन्छ । बि्रस्टल विश्वविद्यालयका अध्ययनकर्ता एबिगैल फ्रेजरका अनुसार गर्भावस्थाका महिलालाई आवश्यकताभन्दा बढी खाना खानुबाट वञ्चित तुल्याउनुपर्छ । उनीहरूलाई मुख्यतः गर्भावस्थाको ६ महिनाको समयमा आवश्यकताभन्दा बढी खानुबाट टाढा राख्नै पर्छ । यो समयमा बढी खाना लिनाले शरीरमा बोसो जम्मा हुन्छ, जबकि सुरुवाती ६ महिना गर्भमा विकसित भइरहेको शिशुको विकासका लागि वास्तवमा त्यति बढी बोसो आवश्यकता नै हुँदैन । अनुसन्धानमा गर्भावस्थाको समय तौल बढ्नु सामान्य मानिएको छ । तर गर्भावस्थाको समय जुन महिलाको तौल आवश्यकताभन्दा बढी बढछ, १६ वर्षपछि उनीहरूको तौल तीनगुणा बढ्छ र शरीर स्याउ आकारको हुन जान्छ । गर्भवती हुने समय स्वस्थ रहने र तौलमा सामान्य मात्रै वृद्घि हुने महिलामा जीवनभर मोटोपन कम हुने पनि अनुसन्धानले औंल्याएको छ ।source:-ekantipur









0 commentaires