अजय देवगनको फिल्म हेर्न छाडेर एसपी रमेश खरेलको कार्यक्रम पुगे सर्वसाधारण

पर्सा साउन १० पर्सामा सरुवा भएर आएको एक महिनामै प्रहरी उपरिक्षक रमेश खरेल यस क्षेत्रमा लोकप्रिय भएका छन् । उनको उपस्थितिले जिल्लामा संचालन हुने कार्यक्रमहरुको रौनक बढ्न थालेको छ। उनलाई हेर्न कै लागि मात्र पनि सर्वसाधरण उनी जाने कार्यक्रमा आउन थालेका छन्। अजय देवगन अभिनित फिल्म ‘सिंघम’ हेर्न आएका दर्शक सिनेमाहल छाडेर सोमबार वीरगन्ज छपकैयास्थित सामुदायिक सेवा केन्द्रतिर सोझिए। त्यहाँ एसपी खरेल रक्तदान कार्यक्रममा सहभागी हुँदै थिए। ‘नयाँ एसपीलाई हेर्ने रहर थियो’, १५ वर्षीय परवेज आलमले भने-’सिनेमा हेर्न छाडेर यो कार्यक्रममा आएँ।’ कक्षा ९ मा अध्यनरत आलमले उनी आएपछि वीरगञ्जको सुरक्षामा सुधार आएको सुनाए। खरेललालाई हेर्न आएकी वीरगन्ज-२ छपकैयाकी ५५ बर्षिया मुसलिमा खातुनले उसको बारेमा निक्कै चर्चा सुनेको बताइन्। ‘उ आएपछि बजार जान ढुक्क भएको छु’, उनले भनिन्-’त्यही भएर आइपुगेँ।’ मञ्चमा बसेका खरेललाई हेर्न छपकैयाका अन्य महिला तथा बालबालिका पनि आएका थिए। ‘हाम्रो स्कुलमा पनि उनको बारेमा कुरा चल्छ’, कक्षा ८ मा अध्यनरत लाडली खातुनले भनिन्- ‘हेर्न रहर लाग्यो।’
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login